ढेडुफुले कपालमा कालो लगा'कोछु ।
माकुरीलाई फकाउँन जालो सजा'कोछु ।।
पैसा तिरी लगाएका सुहाउँदा दाँत ।
लाजैमर्नु बुढेसकालमा रसाउँदा आँत ।।- १
झोपडीमा पनि फुल्छन् सपनाका फूल ।
अँधेरीमा पनि बग्छन् जरुवा र मूल ।।सिउँडीमाथि पनि मिठो बास्ना छाउँदो रैछ ।
जस्-लाई पनि रहरलाग्दो बैंस आउँदो रैछ ।।- २
मैं हेरिराखूँ पहरामाथि मयूर नाचेको ।
रन र वन खोलाले घुम्दै कम्मर भाँचेको ।।
निदाऊँ राखी सिरानमा माटो नेपाली आँगनको।
दलानमा बसी मैं घाम तापूँ नेपाली विहानको ।।- ३
आमालाई जँड्याहा बाबुसँग पारपाचुके गरायो,
भएको पेवा-दाइजो आफ्नो नाममा गरायो,
गोडा मुसार्यो,हात घुसार्यो,
यसपटक आफैंले आमालाई वासनाको शिकार बनायो ,
कसैलाई नभन्नुहोला ,छोरो त छोरो हो ,
तर
मोरोमा नेपालका राजनेताको बानी गह्नायो ।।- ४
नमस्ते सर! ब्लग-जगतमा स्वागत गर्न चाहन्छु सरलाई मेरो तर्फबाट पनि।
ReplyDeleteसरका सुन्दर रचनाहरु ब्लगका माध्यमबाट पनि पढ्न पाऊँदा खुशी लागेको छ। साथै हामीजस्ता सिकारुले भाषा-साहित्यमा मार्गनिर्देशन पनि पाउनेनै छौं।