Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Saturday, May 30, 2020

गीत


यस्तो लाग्छ आजभोलि छाती चिरी रुँरुँ
कति सुन्नु आवारा यो भमराको भूँभूँ?

रूप मेरो राम्रो देखे मानिसले चँड्छ
मीठो रस चाल पाए भमराले चुस्छ
तनले भन्छ टाढाटाढा मनले वरै सरूँ।
यस्तो लाग्छ........।

Thursday, April 6, 2017

गीत

बाँच्नुमात्रै पर्दोरैछ घामपानीकै माझमा
इन्द्रधनु खुल्दोरैछ जिन्दगीकै साँझमा
००००००००००००००००००००००००००

Tuesday, June 21, 2011

गीत


पिरतीको डोरी बरै काट्न नमिल्ने 
जे गरे'नि आफैंलाई ढाँट्न नमिल्ने ।

Tuesday, April 6, 2010

घाउमाथि- गीत

घाउमाथि अर्को मुठी नुन छर्किएको ।
लेख्नुपर्यो गीत मैले मन चर्किएको ।।

लास जल्यो ममताको कोख रित्तो पारी ।
विधुवाले सिन्दूर पुछी आँसुधारा झारी ।।
टुहुराको हातबाट बल्यो दागबत्ती ।
अकालैमा जीवनको निभ्यो लाखबत्ती ।।

बात मारूँ के गरी म- गीत

बात मारुँ के गरी म,बोली लर्बराउँछ ।
पात टाँसें तैपनि यो आँखा फर्फराउँछ ।।

घुम्दा-घुम्दै पुगें म त कोशी किनारैमा ।
पानीसँग चल्दा-चल्दै डुबें विचारैमा ।।
न्यानो-न्यानो घाम दियो नीलो आकाशैले ।

टिकुल-टिकुल- गीत

डालीमाथि टिकुल्-टिकुल झिमझिम परेली ।
बेलौतीको दानो टोक्दै नाच्छ जुरेली ।।
जिन्दगीको तीतो-मीठो भाखा सुसेली ।
टिकुल्-टिकुल डालीमाथि नाच्छ जुरेली ।।
टिकुल्-टिकुल डालीमाथि.......

रोई-रोई बजिरैछ- गीति

रोई-रोई बजि-रैछ सारङ्गीको धुन ।
जन्मभूमि पुकार्दछिन् हाम्लाई एक हुन ।।

को होला यो विभाजनको घण्टा बजाउने ?
पिप्ले खेत होइन देश बण्डा लगाउने ।
दु:ख हाम्रो साझा शत्रु ,जात-जाति होइन ।

चुम लिम्बू- गीत

धरतीमा कलकलाउँदो बगेको छ मूल।
सिर्जनामा फुलेको छ,अजम्बरी फूल ।।

चुम लिम्बूले छोएपछि मसी गीत बन्छ ।
माटोभित्र मुटु चल्छ,रंग चित्र बन्छ ।

गीत

विरहमा आकाशले धारा बगायो कि ,
छिया-छिया धरतीले तारा खसायो कि ?

रोक्न-छेक्न भाको छैन विदेश जानेलाई ।
तर कल्ले जोतिदेला गोरू जोभानेलाई ?
बुढेसकालमा सास बढ्दो बाँच्ने आश घट्दो ।