Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Tuesday, December 26, 2017

गजल

जून-ताराले चोरी-चोरी हेर्छ रातैमा
उनको मुहार सम्झी फुल्छ गुलाफ पातैमा।।
घामपानीमा रुझीरुझी नदीमाथि खुल्ने
इन्द्रधनु ओत लाग्छ उनको छातैमा।।
जुन पहारमा खुल्छिन् उनी जुन पहाडमा डुल्छिन्
कस्तूरीको वास्ना डुल्छ साथै-साथैमा ।।
कहाँ खोज्न जानु मैले दर्ता चलानी ?
फोटोमात्रै टाँसी हिडिन् मनको खातैमा ।।
इशाराले सोधेकी-थिन् सञ्चो-विसञ्चो
आफैंलाई मैले भुलें वातै-वातैमा ।।


Monday, December 4, 2017

गजल

गड्तीरमा पानीसँगै गीत बग्दोरैछ
चौतारीमा वतासजस्तो प्रीत बग्दोरैछ।
कहिले-कहीं पैतालामा काँढा बिझेपनि
जिन्दगीमा हार होइन जित बग्दोरैछ।।
अञ्जुलीमा थापिदिने धर्ती भए कोही
कर्कलाकै आँखाबाट शीत झर्दोरैछ।।
मनमा तिर्खा बढेपछि सम्झनाकी जूनको
पानी होइन पधेंरीमा धित बग्दोरैछ ।।
काँढमाथि पाकेपछि पहेंल्पुरे दाना
ऐंसेलुमा वैंसालुको रीत बग्दोरैछ।।


Tuesday, April 4, 2017

गजल

शीत पनि गीत बन्यो,टिपेपछि उनले
सिङ्गै जुनी उज्यालो भो पूर्णिमाको जूनले।।
००००००००००००००००००००००००००००००

Sunday, January 31, 2016

गजल

वैंसभरि रातो रहर सजाएकी हुन् कि ?
मेरी उनी इन्द्रधनु, लजाएकी हुन् कि?

“बोल्दिंन म”यति भनी रिसाएझैं गर्दा
काँढा होइन फूल बनी बिझाएकी हुन् कि ?

Thursday, August 27, 2015

गजल

सेतो-सेतो हिउँमा खुल्छ कालोकालो चौंरी
रातो-सेतो फूलमा डुल्छ सानोसानो मौरी।

Thursday, August 6, 2015

गजल

जहाँ गएँ त्यहाँ उनी, 'नभेटिएर' फर्किएँ।
म प्यास चित्तभित्रको, 'नमेटिएर। फर्किएँ।।


Monday, July 6, 2015

गजल


                  १

यता कोयलीको अनौठो गला छ,
उता प्रेममा प्रेयसीको कला छ।।

Sunday, May 31, 2015

गजल

पाखुरीको सिरानीमा निदरीको झप्को लाग्यो
मदिराको कहाँ हो र? नशा तिम्रो गफको लाग्यो ।।

एकैछिनको खुसी छोडी टाढा कतै जानै लाग्दा
अलिकति भिजेका ती परेलीको सप्को लाग्यो ।।

Monday, June 16, 2014

गजल

खोलोभन्दा बाङ्गोटिङ्गो, इ'कारजस्तो यो मन, 
जति खन्यो उति गहिरो इनारजस्तो यो मन ।।

Saturday, June 14, 2014

गजल


घामपानीमा इन्द्रधनु धुनेगर्छ यो मन ।
पूर्णिमाकी जूनलाई छुनेगर्छ यो मन ।। 

Wednesday, June 11, 2014

गजल


मुहार खुल्दा मोतीझैं तिम्रो, टल्कियो  जवानी ।
पाल्पाली ढाका-टोपीझैं मेरो, ढल्कियो जवानी ।।

Tuesday, June 4, 2013

गजल

भयौ कि डरकी बन्दी घरमा पो प्रिये तिमी ?
गयौ कि अब अर्कैको थरमा पो प्रिये तिमी ?

Tuesday, April 2, 2013

मुक्तक

स्वर्गका देवताबाट ठगिएको म भक्त हूँ
धर्तीका भूपतिबाट चुसिएको म रक्त हूँ
परिवर्तनका लागि ठोकेर दल-मादल
उही ढुङ्गो उही टुङ्गो, थाकेको म विरक्त हूँ ।।

Monday, April 1, 2013

गजल

आफ्नै स-सानो घर लाग्छ प्यारो ,
प्यारी-प्रियाको डर लाग्छ प्यारो ।   
 जहाँ म जाऊँ अडिदैन चित्त ,  
 स्वदेशको नै भर लाग्छ प्यारो ।।

Wednesday, February 15, 2012

गजल


असारको बादलले पुकार्छ ।

तिहारको मादलले पुकार्छ ।
।
पाकेर राताम्पुर बोटमाथि ।

वसन्तको काफलले पुकार्छ ।।

Tuesday, April 13, 2010

उनी यस्ती (गीति-गजल)

सन्सारको 'स्वर्ग' तिमी, पाऊँपाऊँ जस्ती ।
हिर्दयको 'तीर्थ' सधैँ, धाऊँधाऊँ जस्ती ।।

गाईबस्तु हेर्न जाँदा, मौका मिलाएर ।
वैशाखको 'काफल' टिपी, खाऊँखाऊँ जस्ती ।।

एकान्तमा गुन्गुनाउँदै, कोल्टो परी बग्ने ।
'निर्झर'मा नुहाउँन, जाऊँजाऊँ जस्ती ।।

Sunday, April 11, 2010

वनबेलीको माला- गजल

जिन्दगीको बाटो छेक्न,बस्यौ घात लाई ।
नागबेली नजरले, डस्यौ घात लाई ।।

देखाएर हातैभरि, चमेलीको तेल ।
झेल गरी तातो विष,घस्यौ घात लाई ।।

वनबेलीको माला ठानी,गलैमाथि लाएँ।
थलै परें गर्दनमा,कस्यौ घात लाई।।

Friday, April 9, 2010

भाँडिएझैं लाग्छ- गजल

भाँडिएझैं लाग्छ मन,बाँडिएझै लाग्छ ।
आजभोलि आफैँसँग,टाढिएझैं लाग्छ ।।

एकैछिनको शोभा बन्यौ,इन्द्रधनुजस्ती ।
त्यै थलोमा सिङ्गो जुनी, छाडिएझैं लाग्छ ।।

छाती खन्यो विरहले, गहिरिंदै गएँ ।
निसासिंदो खाडलमा,गाडिएझैं लाग्छ ।।

Monday, March 29, 2010

राम्रो लाग्छ- गजल

जात होइन चिन्तनको, कुल राम्रो लाग्छ ।
फक्रिएका सबैथरी, फूल राम्रो लाग्छ ।।

घामछाया बराबरी, जिन्दगीको माया ।
बाँडी-चुँडी सँगै भोग्दा, शूल राम्रो लाग्छ ।।

Friday, March 26, 2010

मन लाग्यो- गजल

मीठा-मीठा कुरा मलाई गर्नमन लाग्यो ।
तिम्रै लागि बाँच्न मलाई मर्न मन लाग्यो ।।

टोलाउँने अँधेरीमा तिम्रो नजर तान्न ।
टिल्पिलाउँदो तारा बनी झर्न मन लाग्यो ।।