Friday, March 26, 2010

मन लाग्यो- गजल

मीठा-मीठा कुरा मलाई गर्नमन लाग्यो ।
तिम्रै लागि बाँच्न मलाई मर्न मन लाग्यो ।।

टोलाउँने अँधेरीमा तिम्रो नजर तान्न ।
टिल्पिलाउँदो तारा बनी झर्न मन लाग्यो ।।

तिम्रो मन देवलको आँगनको माटो ।
पिरतीका शयौं बीज छर्न मन लाग्यो ।।

सैलुङ्गेको माथिमाथि नागीजस्तो छाती।
कस्तूरी भै रातोदिन चर्न मन लाग्यो ।।

केशमाथि सजाउँन डालीतिरै झुक्ने ।
अन्जुलीलाई फूल बनी भर्न मन लाग्यो ।।

कल्पनाले रङ्ग दिई सजाएको वस्ती ।
वारिबाट पारितिरै सर्न मन लाग्यो ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼