Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Saturday, September 26, 2020

मुक्तक

 अन्धविश्वास:-

आफ्ना नाता-कुटुम्बजस्ता छिमेकीलाई पनि अछूत बनायो
वृन्दाको बैँसमा च्युत भएका विष्णुलाई पनि अच्युत बनायो।
मान्छेको ज्ञानलाई कुहिराको काग बनाउने अन्धविश्वासले
विज्ञानको अनुपम सौन्दर्यलाई पनि डरलाग्दो राँकेभूत बनायो।।
माड:-
पेटको खाडललाई पुरेर अग्लो पहाडजस्तो बनाउँछ
चङ्गाको धागोलाई सग्लो नलीहाडजस्तो बनाउँछ।
सन्सारको इन्जिन चलाउने भनेकै माडले हो कान्छा!
यसले त सुतीको लुङ्गीलाई पनि सुरक्षागार्डजस्तो बनाउँछ।।
----------

न पूर्णिमाको मधु-रातजस्तो

न षोडशीको प्रिय-वातजस्तो।

दौरा उठाई पसिना पुछेको

होस् जिन्दगी गुन्द्रुक-भातजस्तो।।

---------

मल शासकले ल्यायो,ल्यायो बादलले भल

मारुनी नाच्न लागेझैं थामिएपछि मादल।

कुहुन्छ अन्नको दाना औषधी चुक्चुकाउँछ

भोकले लास बन्नेको छाती बोक्दछ चामल।।

-------

मूसालाई बिरालो बनाएर दूघ-भात खान दिनु

बिरालोलाई कुकुर र सिंह बनाएर सम्मान दिनु

इतिहासका पाइलैपिच्छे गल्ती भयो श्रीमान्!

भस्मासुरजस्तालाई पनि हामीले वरदान दिनु।।

---------

सवैले सहनेलाई सकेसम्म कजाउँछन्

गाली-गर्जनका साथ जुठाभाँडा मजाउँछन्।

कसैले बाघको छोरो,न जोत्छ,न सधाउँछ

तर मन्दिरको घण्टा जोकसैले बजाउँछन्।।

-----------

छ गुम्सिएको शिरमा अपान
गर्छौं सफा बाहिर पाउदान।
पानी कहाँ निर्मल बग्नसक्छ
मुहान वा स्वच्छ नभै सिरान।।
--------------------
गौरी-वाहन सिंहबाट विचरो नन्दी छ आतङ्कित
भोग्दो त्रास मयूरबाट सुतको,नागेन्द्र उत्पीडित।
अर्को पुत्र गणेशको सव कुरा काट्दो छुचो मूषिक
क्यारून् ती घरमा सदाशिव बरा कैलासमा चिन्तित।।
------
अलिकति चारापानी राखेर चराभरा आँगन बनाऊँ
सकिन्छ रोपेर,नसके जोगाएर हराभरा वन बनाऊँ।
अरुलाई माया गर्नु त आफ्नै लागि लगानी हो भने
आऊ आजैको विहानीदेखि हामी निख्खरा मन बनाऊँ।।
------
वृन्दावन:-
गाई होइन कृष्ण-दोहन गरी बेच्ने कथा-पावन
व्यापारीजनको शिकार हुनगो माला-गला-चन्दन।
भोकै छन् बिचरा कठै! मनचिरा गोपाल गोनन्दन
त्यो प्यारो उनको अतीत युगको भेटिन्न वृन्दावन।।
-------
जरा-बुटा-डाक्टर वैद्य-धामी
मानों भएझैं वशमा बिमारी।
बाँडेर हिंड्छौं उपदेश सस्ता
स्वयं नगर्ने परहेज हामी।।
-------
लगानी:-
अलिकति चारापानी राखेर चराभरा आँगन बनाऊँ
सकिन्छ रोपेर,नसके जोगाएर हराभरा वन बनाऊँ।
अरुलाई माया गर्नु त आफ्नै लागि लगानी हो भने
आऊ आजैको विहानीदेखि हामी निख्खरा मन बनाऊँ।।
----
हनुमानुवाच:-
सानो दिव्य-बुटी नचिन्नु गिरि नै बोकी विवेकी हुनू
आफ्नै ज्ञान र सीप-बुद्धि-बलको गाँठी-जिली बिर्सनू।
चोला वा-नरको शरीरभरमा सिन्दूर-तेते घसी
प्यारो भक्त बनेस् दुरुस्त मतिको ठ्याक्कै मजस्तो बली।।
----
उडी पूर्ण आकाश ढाक्छन् बचेरा
उषा पोत्न थाल्छिन् चराका बसेरा।
त्यही मृत्तिकामा सधैँ डुल्छ चित्त
जहाँ बग्दछन् गीतका स्वच्छ धारा।।
--------
साचै कोमल रङ्ग-रूप र कला लावण्य-सन्सार छ
बास्नादार पराग-पूर्ण-रसमा माधुर्य-भण्डार छ ।
सानन्दी लय गाउँछन् कि भवँरा उद्यान-एकान्तमा
मानों केवल पुष्पभित्र कविता सम्पूर्ण सञ्चार छ ।।
-----
आँधीले पनि सूर्य-पूजन गरी सल्काउला आरती
बोकाले रथ हाँकिने र पथमै सुस्ताउला सारथि।
ओथ्रा बस्तछ कोयली र बचरा कोरल्न चम्केसरि
वस्तीले जब लेख्नखोज्छ कविता सर्माउँछिन् भारती।।
----
जैविक एकता:-
पूर्व-पश्चिमका यात्री युवा जोडी कुनै दिन
बसेथे बीचमा वास,हतारो अव छुट्टिन।
अर्को अर्थ नलागेमा मात्र जैविक एकता
रातको आपसी पिर्ती विहानै थाल्छ हुत्तिन।।
------
जहाँ लेखनीसाथ एकान्त तोड्छु
पुराना त्यहाँ साथ-सम्बन्ध जोड्छु।
यताका उताका टिपी शब्द-भाव
कुनै गीत जस्तो जरासन्ध जोड्छु।।
---
सवै पात छन् निम्छरा,मूलभन्दा
न छन् कर्म राम्रा कतै फूलभन्दा।
खपी ठेस-बाधा उठेको मनुष्य
कहाँ हुन्छ सानो गरें भूलभन्दा।।
------
एक्लोपनाले अवहेलनाले
ज्यूँदो छँदा दुख्तछ वेदनाले।
मरेर जो लास नजल्नपाई
चिता पखाल्छन् समवेदनाले।
----
फर्केसँगै आत्मिक दाजुभाइ
तिहारको भव्य गरी बिदाइ।
श्रृङ्गार-सज्जा फलफूलबाट
जुट्यो तराई छठपर्वलाई।।
----
हुन् घामपानी फलअन्नदायी
विनम्रताले तिनमै चढाई।
जुट्यो तराई छठ-पूजनामा
कृतज्ञता ज्ञापन गर्नलाई।।
-----
आधा खुलेका नव कोपिलाले
क्यै बोल्नखोज्ने मुखको कलाले।
हानी सधैँ प्रेमिल बाहुपाश
म बाँधिएँ लोचन शर्मिलाले।।
------
आवेग कस्तो? गुणसाथ दोष
अपार चिन्ता र अदम्य जोस।
सानै कुराले पनि रुष्टतुष्ट
हुन् बाल जस्तै कवि आशुतोष।।
------
सहस्र छन् पत्थरका उपाय
अनेक छन् गोबरका उपाय।
परन्तु वैरी मनुवा जुनीका
छैनन् कुनै थेत्तरका उपाय।।
-------
मीठा टिपिन्छन् फल बोटबाट
बिक्छन् खुला चञ्चल नोटबाट।
परन्तु बग्छन् रसिला अमूल्य
बोल्ने कला कोमल ओठबाट।।
----
छुँदै-नछोई मन रङ्ग चुन्छ
सुदूरको लोचन चन्द्र चुम्छ।
वाणीविना सुन्छ हियो पुकार
टाढै बसी नाक सुगन्ध लिन्छ।।
-----
वैलाउँदा ओठ दुवै कमाई
रुँदारुँदै तैपनि मुस्कुराई।
हियो झिकी पत्थरले थिचेर
बिदा गरिन् रे तिनले मलाई।।
----००-
हियो बगेका बहका नदी हुन्
दियो निभेझैं तम-जिन्दगी हुन्।
जस्तोसुकै सङ्कटको निदान
तिम्रा दुवै लोचन औषधी हुन्।।





Tuesday, September 15, 2020

मुक्तक


जता कल्पना मोहिनी-बाहुपाश
त्यता साधना-सिद्धिका छन् प्रयास।

Sunday, September 13, 2020

मुक्तक

  पोथ्रा-निकु ञ्ज-तरुमा कविता फलाऊँ
सङ्गीत-गीत रसको सरिता बगाऊँ।

Sunday, May 24, 2020

मुक्तक




   
छ साधना सिर्जनको समाधि
भोग्छ्यौ सवै दोहन कष्ट-व्याधि।
हे धीर धर्ती!जननी-समान

लाग्छ्यौ तिमी 'पागल'की उपाधि।।

Friday, June 24, 2016

मुक्तक

चोक-सडक र गल्ली भत्काएको विराटनगर शहरजस्तो

यौवनले अर्कै प्रेमिका टिपेपछिको उमेरको प्रहरजस्तो।


साठीको नजिकमा पुगेको कृष्ण वस्तीको फूर्तिफार्ति


भूपीले कविताका लागि बिम्बमा उतारेको घन्टाघरजस्तो।।

Monday, May 9, 2016

मुक्तक


दिन ढलेपनि कालो रातले नछोपेको प्रहर थियो

साँझ बत्तीको सट्टा उनी मुस्कुराएको हेर्ने रहर थियो।


एकान्तमा बसेर मनको एल्बम पुछपाछ गरेर हेर्दा


पुरानो तस्बीरको छातीमा हामी दुवैको हस्ताक्षर थियो।।

Friday, May 6, 2016

मुक्तक

वाईवाईको सट्टा मकैभटमासको खाजा फर्किए’नि ठीकै छ
डिजे र बैन्डबाजाको सट्टा पञ्चैबाजा फर्किए’नि ठीकै छ।
आफ्नो नामको संविधान लागू गर्न नसक्ने गणतन्त्रभन्दा
मुलुकको एकता जोगाउन खुट्टा टेक्ने राजा फर्किए’नि ठीकै छ।।

मुक्तक



वाईवाईको सट्टा मकैभटमासको खाजा फर्किए’नि ठीकै छ
डिजे र बैन्डबाजाको सट्टा पञ्चैबाजा फर्किए’नि ठीकै छ।
आफ्नो नामको संविधान लागू गर्न नसक्ने गणतन्त्रभन्दा
मुलुकको एकता जोगाउन खुट्टा टेक्ने राजा फर्किए’नि ठीकै छ।।

Thursday, June 25, 2015

मुक्तक

हिर्दयको धून मिठो सारङ्गीको तारलाई
फुर्सदको ख्याल-ठट्टा लाजवन्ती झारलाई।
जुन पाटोलाई छोएपनि उसैगरी खुल्ने,
जिन्दगीको तोरीबारी घर-मौरीकी घारलाई।।

Tuesday, April 14, 2015

मुक्तक


रगत बग्दा जीवन पाउने, त्यस्तो युद्ध देऊ,
धर्ती-माता ! मलाई एउटा, मान्छे शुद्ध देऊ।

Saturday, December 13, 2014

मुक्तक



न त गाउँ बनाउनु छ,न त जिल्ला बनाउनु छ,
देशलाई बरु भताभुङ्गेको किल्ला बनाउनु छ ।
श्रीपेच फालेर दाउपेचले बन्ने लिगलिग राजमा,
आफूलाई राजा र जनतालाई गुरिल्ला बनाउनु छ ।।

Sunday, June 15, 2014

मुक्तक

मृत्युसँग अर्को बोतल सापट लिएकोछु,
त्यही खुसीमा मैले आज चट्ट पिएकोछु ।

Thursday, June 5, 2014

मुक्तक

मित्रताको नाममा अचेल चिया-गिलास पिउँछु,
काम गर्ने नाममा अचेल चिम्टी-पिलास जिउँछु
जुन दुलोमा माछो देख्यो त्यै दुलोमा हात छ,
लोकतन्त्रको नाममा अचेल बुद्धिबिलास सिउँछु ।।

Wednesday, May 28, 2014

मुक्तक

देशमा जे हुँदैछ त्यो सुशासनकै चलन-चल्ती अरे
भागबन्डामा सहमत हुनेले  कोटको खल्ती भरे ।
लुट्न सक्नेकै अंशमा परेको छ लोकतन्त्र साथी !
मलाई त लाग्छ,नसक्नेले जन्मनु नै गल्ती गरे ।।

Saturday, May 24, 2014

मुक्तक

त्यै टुङ्गोमा बसी मैले,त्यै ढुङ्गामा हेरें,
आफ्नो मुटु-कलेजोलाई शयपल्ट रेटें ।

Wednesday, May 14, 2014

मुक्तक

भन्छे मेरी" पर्या छैन मलाई जाइफल टोक्न
जान्छु मता पोल्टाभरि मीठा काफल बोक्न ।
गाउँघरको सिस्नु-ढिडो मोही-मकै छोडी
शान्तिसँग नाता तोडी,जान्न राइफल ठोक्न ।।"

Saturday, May 3, 2014

मुक्तक

सक्नेले माल बुझाएर हाकिमी ठिमठिम गर्ने हो ,
नसक्नेले च्याखेका लागि हिमचिम गर्ने हो
यी दुबै खेलका लागि योग्यता हासिल नगर्नेले
नैतिकताको गीता पढ्दै आँखा चिमचिम गर्ने हो ।।

Monday, April 14, 2014

मुक्तक

शिर फुलेको कहाँ राम्रो? बोट फुलेको राम्रो
हाँस्नुपर्छ जिन्दगीमा चोट भुलेको राम्रो ।।
पात झरे हिजोअस्ति फूल फुल्यो आज
छातीमाथि दुःख-सुख कोट खुलेको राम्रो ।।

Thursday, June 20, 2013

मुक्तक

धैर्य गर बाढपीडित हो !हेलिकप्टर आउँछ
चारो हाल्न गरीब देशको धनी सरकार आउँछ

Thursday, June 6, 2013

मुक्तक

भोट मैले दिएकै हो ,चुम्मा खा'को होइन
हनुमानको चेतनाले घाममा गा'को होइन ।