धैर्य गर बाढपीडित हो !हेलिकप्टर आउँछ
चारो हाल्न गरीब देशको धनी सरकार आउँछ
तिम्रो नामको दाल-भात-डुकु यतै सकेपनि
आकाशबाट राहत भन्दै, धुले-अचार आउँछ ।।
२
लिनु-दिनु जहाँ जे छ हिसाबको कुरा
आऊ सँगै बसी गरौं निसाफको कुरा
पहिलेकै उधारो छ,कहाँ दिन्छु फेरि ?
गरौं बन्द अब पाल्सी चुनावको कुरा ।।
३
परेलीको ओठबाटै केही कुरा बोल्यौ
अधखुला कोपिलाझैं आधा कुरा बोल्यौ ।
बुझ्नुमात्र पर्दोरैछ इशाराको भाषा
नबोलेरै,नहेरेरै सबै कुरा बोल्यौ ।।
४
अब हुने चुनावपछि संविधान आउँछ
जनताले सुख-शान्ति सुशासन पाउँछ
खुट्टी देख्दै पत्याउँने भित्री आत्मा भन्छ
यसपालिको मंसीरमा मेरो गोरु ब्याउँछ ।।
५ कुरा थिए क्षितिजमा उषा चढेजस्तो
असारमा निगालोका टुसा बढेजस्तो
कामबाट देखाउने जसै आयो, पालो
नेता भयो दुलोभित्र मूसा पसेजस्तो ।।
६
वैद्य बाको जराबूटा,डाक्टरको गोली
एमाले र काङ्ग्रेसको झाँक्री काम्ने बोली
मेरी आमा नेपाललाई कस्तो रोग लाग्यो ?
उपचारमै बिक्न लाग्यो लाज ढाक्ने चोली ।।
७
पहिलो भेट भञ्ज्याङको बतासजस्तो लाग्यो
नेता नै हुन् जनताका सासजस्तो लाग्यो
पाइखानामा देखाएझैं खोर्सानीले रूप
भोग्दै जाँदा सहयात्रा तासजस्तो लाग्यो ।।
८
जनताको छाला काढी न्यानो लायौ कोट
गल्ती गर्दै तिमी गयौ देशले पायो चोट
यसै गर्न पठाएको कहाँ थियो मैले ? मुलुकमारा ! तिमीलाई नै किन दिने भोट ?
९
चिप्लिएर लड्नसक्छ पँधेरीको छेउमा
एक्लै-दोक्लै नछोड्नु है अँधेरीको छेउमा
तिम्रो घरमा छोडिएको मेरो सानो मनलाई जतन गरी बाँधी राख्नू पछ्यौरीको छेउमा ।।
१०
दिल्लीबाट नेपाल आए विदेशमन्त्री खुर्सिद
हाम्रा नेता सबैलाई लाग्यो रमदान-बकरिद
हाजी बन्ने रहर लाग्यो,नमाज पढ्न थाले
खुर्सिद बस्ने होटल बन्यो मदिनाको मस्जिद ।।
११
जनता बाढी-पहिरो र भोकमरीको तनावमा छन्
हाम्रा बुद्धिजीवीहरु पदलोलुपताको प्रभावमा छन्
भ्रष्टलाई दशैं र इमानलाई दशा बनेको लोकतन्त्रमा
भालुखनिउँ शैलीका नेताचाहिं अर्थहीन चुनावमा छन् ।।
१२
बाटो एकै रहेसम्म हामी नङ र मासु थियौं
सत्ता र सडकमा बाँडिएपछि हाँसो र आँसु बन्यौं
आजभोलि जनताहरु धिक्कार्दै भन्ने गर्छन्
"हामी त केवल आन्दोलनमा भाकलको पशु बन्यौं"
१३
खर्कमा बसेर गोठालो मालिकका गाई-भैसी चराउँछ
ख्वामितले बेलाबखत नुन र च्याख्ला पठाउँछ
मर्यादाको नियम लागू हुन्न हजुर नोकरलाई
यहाँको नेताले दिल्लीको कुकुर देख्दा शिर झुकाउँछ ।।
१४
कालोकालो पाटीमाथि सेतो खरी डुल्छ
अक्षरमा जिन्दगीको बाह्रैखरी खुल्छ
पत्याऊ वा नपत्याऊ मेरो कक्षाभित्र
एकैचोटि शयथरी सुनाखरी फुल्छ ।।
१५
जुनेलीको भञ्ज्याङबाट चियाएर हेर्यौ
पँधेरीको मीठो गङ्गा पिलाएर हेर्यौ
आधा तिम्रो,आधा मेरो मुटु भाग लाई
दुबै छाती एउटै पारी सिलाएर हेर्यौ ।।
चारो हाल्न गरीब देशको धनी सरकार आउँछ
तिम्रो नामको दाल-भात-डुकु यतै सकेपनि
आकाशबाट राहत भन्दै, धुले-अचार आउँछ ।।
२
लिनु-दिनु जहाँ जे छ हिसाबको कुरा
आऊ सँगै बसी गरौं निसाफको कुरा
पहिलेकै उधारो छ,कहाँ दिन्छु फेरि ?
गरौं बन्द अब पाल्सी चुनावको कुरा ।।
३
परेलीको ओठबाटै केही कुरा बोल्यौ
अधखुला कोपिलाझैं आधा कुरा बोल्यौ ।
बुझ्नुमात्र पर्दोरैछ इशाराको भाषा
नबोलेरै,नहेरेरै सबै कुरा बोल्यौ ।।
४
अब हुने चुनावपछि संविधान आउँछ
जनताले सुख-शान्ति सुशासन पाउँछ
खुट्टी देख्दै पत्याउँने भित्री आत्मा भन्छ
यसपालिको मंसीरमा मेरो गोरु ब्याउँछ ।।
५ कुरा थिए क्षितिजमा उषा चढेजस्तो
असारमा निगालोका टुसा बढेजस्तो
कामबाट देखाउने जसै आयो, पालो
नेता भयो दुलोभित्र मूसा पसेजस्तो ।।
६
वैद्य बाको जराबूटा,डाक्टरको गोली
एमाले र काङ्ग्रेसको झाँक्री काम्ने बोली
मेरी आमा नेपाललाई कस्तो रोग लाग्यो ?
उपचारमै बिक्न लाग्यो लाज ढाक्ने चोली ।।
७
पहिलो भेट भञ्ज्याङको बतासजस्तो लाग्यो
नेता नै हुन् जनताका सासजस्तो लाग्यो
पाइखानामा देखाएझैं खोर्सानीले रूप
भोग्दै जाँदा सहयात्रा तासजस्तो लाग्यो ।।
८
जनताको छाला काढी न्यानो लायौ कोट
गल्ती गर्दै तिमी गयौ देशले पायो चोट
यसै गर्न पठाएको कहाँ थियो मैले ? मुलुकमारा ! तिमीलाई नै किन दिने भोट ?
९
चिप्लिएर लड्नसक्छ पँधेरीको छेउमा
एक्लै-दोक्लै नछोड्नु है अँधेरीको छेउमा
तिम्रो घरमा छोडिएको मेरो सानो मनलाई जतन गरी बाँधी राख्नू पछ्यौरीको छेउमा ।।
१०
दिल्लीबाट नेपाल आए विदेशमन्त्री खुर्सिद
हाम्रा नेता सबैलाई लाग्यो रमदान-बकरिद
हाजी बन्ने रहर लाग्यो,नमाज पढ्न थाले
खुर्सिद बस्ने होटल बन्यो मदिनाको मस्जिद ।।
११
जनता बाढी-पहिरो र भोकमरीको तनावमा छन्
हाम्रा बुद्धिजीवीहरु पदलोलुपताको प्रभावमा छन्
भ्रष्टलाई दशैं र इमानलाई दशा बनेको लोकतन्त्रमा
भालुखनिउँ शैलीका नेताचाहिं अर्थहीन चुनावमा छन् ।।
१२
बाटो एकै रहेसम्म हामी नङ र मासु थियौं
सत्ता र सडकमा बाँडिएपछि हाँसो र आँसु बन्यौं
आजभोलि जनताहरु धिक्कार्दै भन्ने गर्छन्
"हामी त केवल आन्दोलनमा भाकलको पशु बन्यौं"
१३
खर्कमा बसेर गोठालो मालिकका गाई-भैसी चराउँछ
ख्वामितले बेलाबखत नुन र च्याख्ला पठाउँछ
मर्यादाको नियम लागू हुन्न हजुर नोकरलाई
यहाँको नेताले दिल्लीको कुकुर देख्दा शिर झुकाउँछ ।।
१४
कालोकालो पाटीमाथि सेतो खरी डुल्छ
अक्षरमा जिन्दगीको बाह्रैखरी खुल्छ
पत्याऊ वा नपत्याऊ मेरो कक्षाभित्र
एकैचोटि शयथरी सुनाखरी फुल्छ ।।
१५
जुनेलीको भञ्ज्याङबाट चियाएर हेर्यौ
पँधेरीको मीठो गङ्गा पिलाएर हेर्यौ
आधा तिम्रो,आधा मेरो मुटु भाग लाई
दुबै छाती एउटै पारी सिलाएर हेर्यौ ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼