सर्पले भ्यागुतोजस्तै साँझले जब निल्दछ ।
जगाई बासको आश एउटा दीप जल्दछ ।।
भीष्मको शरशय्यामा चोट-चिन्ता दुबैसँग ।
मेरो देश सुतेको छ,यो बेला रगताम्य छ ।।
घरैका सन्तति आज आमा बेच्न तयार छन् ।
विदेशी-स्वार्थका लागि आत्मा बेच्न तयार छन् ।।
के खोज्नु अरुमा दोष ? जब मेरै खराब छ ।
भट्टीभित्र कहाँ हो र ?सोचभित्र शराब छ ।।
बाढीमा हेलिंदै बाँस जरा गाड्छ किनारमा ।
मलाई युगले आज भर्यो चेत विचारमा ।।
निराशाहरुको बीच मैले बन्नुछ दीपक
जून्कीरी जसरी बन्छ रातको योग्य शिक्षक ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼