भोट मैले दिएकै हो ,चुम्मा खा'को होइन
हनुमानको चेतनाले घाममा गा'को होइन ।
धान रोप्दा कहिलेकाहीं साँबो फल्दो रैछ
यो देश मैले कमलरी जिम्मा ला'को होइन ।।
२
चल्ला पनि कोरलिए गौथलीको गुँडमा
पानी पनि भरिएछ सखुवाको डुँडमा
राजनीतिमा मात्र किन बाँझो पल्टिएको ?
नेता चाहिं सिर्जनाको कहिले आउलान् मूडमा ।।
३
समस्त विराटनगर आहालमा बाँचेको छ,
चौतर्फी भत्किएका सडकको खाडलमा बाँचेको छ,
लाग्दो हो विराटनगरलाई एक्लै सजिएर के हुन्छ ?
जबकि सिंगो देश अस्तव्यस्त बेहालमा बाँचेको छ ।।
४
माथिबाट तल हेर्दा अरुणको बगर
ऐनाभित्र देखिएझैं मेरो आफ्नै निधार
शिरमाथि सजाएको चाँदीजस्तो हिमाल
कसले गरिदे'को होला मेरो गाउँको सिंगार ?
५
जन्मसँगै टाँसिएको ममताको धुलो
पाइँदैन पर्देशमा चकमक र झुलो
फर्काउँन बालापन,गाउँ फिरौंजस्तो
हिर्दयको यहाँ होइन,त्यहीं बल्छ चूलो ।।
६
सहमतिको नाममा केवल तानातान गर्यौ,
लोकतन्त्रको नाममा पाशविक हानाहान गर्यौ ।
मित्र हो! मानवीय भूलमात्र होइन, तिम्रो व्यवहार,
इतिहासमै जघन्य राष्ट्रघात जानाजान गर्यौ ।।
७
कसैलाई त्रिशूलीको पानी महाकाल भो
कसैलाई त्रिशूलीको पानी मालामाल भो
बाँदरको हातमा पर्यो नरिबलको दानो
खेर जाने त्रिशूलीको पानी अबगाल भो ।।
८
पहिलोपटक भेट्दा उनलाई निकै भद्र पाएँ
नजिकबाट संगत गर्दा लठिभद्र पाएँ
आफैं उस्तो हुनसक्छु,उनमात्र के दोष ?
जे होस् मैले व्यवहारमा छिद्रैछिद्र पाएँ ।।
९
अरु यात्री अलपत्र लालबन्दीको जाममा
कार्यकर्ता आफ्नै दलको गूटबन्दीको जाममा
जताबाट गरेपनि नमिलेझैं हिसाब
सिंगो नेपाल फसेको छ लूटबन्दीको जाममा ।।
१०
मैले तिमीलाई बोकेको नाम्लो पनि सम्झेको छु
तिमीले मलाई बलि चढाउँदाको दाम्लो पनि सम्झेकोछु
मसँग मानिसको मन छ,वनमानुषको होइन नेताज्यू !
यो चुनावमा तिमीलाई पोको पार्ने काम्लो पनि सम्झेको छु ।।
११
पर्देशी थें तिम्रो घरमा बास खोज्दै आएँ
छातीभित्र बस्यौ अनि आश खोज्दै आएँ,
म त केवल माटोजस्तो,हरियाली तिमी
यस्तो लाग्छ,लास थिएँ,सास खोज्दै आएँ ।।
१२
मुङ्लान पस्यो युवाशक्ति छैन जायजेथा
कसले बुझ्छ यिनको पिलो,कलेजाको व्यथा ?
जनताको पौरखमाथि अर्कै गर्छ राज
नेता होइन,देशमा जन्मे विदेशीका 'बेटा' ।।
१३
खरी हाल्दा चाहेजस्तो तालमा मादल बज्छ
तेल पाए ध्वाँसो पनि राम्रो गाजल बन्छ
मेहेन्दीले भनेजस्तो कपाल बन्छ भने
कुन ढङ्गले सोचेजस्तो मेरो नेपाल हुन्छ ?
१४
तिमीले टनकपुर सन्धिको डायरी सुनाएका थियौ
रातलाई पनि दिन बनाउने तयारी सुनाएका थियौ
बत्ती होइन लोडसेडिङ र ज्यानमारा बाढी पो आयो
उसबेला मैले भनेझैं बकम्फुसे शायरी सुनाएका थियौ ।।
१५
दुःखले हुर्किएको बिरुवाले फलफूल र छाया दिन्छ
दुई लात खाएको कुकुरले पनि मुटुभरको माया दिन्छ
तर जनताले गाँस काटेर पालेको शासक चाहिं
सँधै माछोमाछो भ्यागुताको ट्याँय-ट्याँय दिन्छ ।।
१६
लूट र झूठका लागि शाहीकाल हाउगुजी भएकोछ
विकासे नारा जनताका लागि कानेगुजी भएकोछ
बुद्धिजीवी हुन त बुद्धिले नै बाँच्नुपर्थ्यो नि
यो देशका पदजीवीको अर्थ, बुद्धिगुजी भएकोछ ।
१७
पसिनाका मालिकहरु प्याज-पकौडाको व्यापार गर्छन्
होटल थापेर बस्नेहरु पुरी-कचौडाको व्यापार गर्छन्
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा
नेपालका वामपन्थीहरु हँसिया-हथौडाको व्यापार गर्छन् ।।

No comments:
Post a Comment
Please leave your Comments here...▼