Sunday, September 13, 2020

मुक्तक

  पोथ्रा-निकु ञ्ज-तरुमा कविता फलाऊँ
सङ्गीत-गीत रसको सरिता बगाऊँ।

वाणी सुनिन्छ कवि-कोकिल कण्ठबाट
धर्ती सुमङ्गल-सुधा-स-हिता बनाऊँ।।
------------------------------------
चुनावअघि हिमाललाई पनि सिरक ओढाउने अठोट हो
चुनावपछि घोगा लुटेर बाँदरले छोडेको मकैको बोट हो।
भाषणको नारा र व्यवहारको पाराले प्रमाणित गरेको छ
लोकतन्त्र भनेको खल्तीमा राख्ने नम्बरविनाको नोट हो।।

--------------------------------------------------------
टाढा हुँदैन उपकार इमानबाट
मुद्रा बटुल्छ न त घाट-मसानबाट।
बेच्दैन स्वार्थवश देश र स्वाभिमान
नाफा हुँदैन प्रभुको कुलमानबाट।।
-------------------------------
साउँब्याज हराएको बुढ्यौतीको गाँठजस्तो हुनेरहेछ
बस्तीहरू शहर पसेर रित्तिएको काँठजस्तो हुनेरहेछ।
हिउँ पग्लिएको हिमाल भन्नु र अवकाशपछिको शिक्षक
नदी सुकेको किनारा र फूलविनाको डाँठजस्तो हुनेरहेछ।।

-------------------------------------------------

No comments:

Post a Comment

Please leave your Comments here...▼