Saturday, May 30, 2020

गीत


यस्तो लाग्छ आजभोलि छाती चिरी रुँरुँ
कति सुन्नु आवारा यो भमराको भूँभूँ?

रूप मेरो राम्रो देखे मानिसले चँड्छ
मीठो रस चाल पाए भमराले चुस्छ
तनले भन्छ टाढाटाढा मनले वरै सरूँ।
यस्तो लाग्छ........।


मैं पँधेरी कल्कलाउँदी,तिर्खालुको ताँती
अँधेरीको जून्कीरीझैं धक्धकाउँछ छाती
कल्लाई भेटी पोखिएर मनको कुरा गरूँ।।
यस्तो.....

No comments:

Post a Comment

Please leave your Comments here...▼