Friday, May 29, 2020

कविता



वसन्तका सुन्दर वा-टिकामा
सु-योषिता वा गिरि-का-कटीमा।
पाइन्न खोज्दा कविता विशुद्ध
पाइन्छ सानो शिशुका कुटीमा।।

चिल्ला सफा स्निग्ध पदावलीमा
र छन्द-भाखा-लय-का-कलीमा।
कतै नमिल्ने कविता लुकेर
खेल्छिन् मुना-शावक चुल्बलीमा।।

वि-ज्ञानको पौरख-पाखुरीमा
र साधनाको बल-बाँसुरीमा।
कतै नमिल्ने कविता-किशोरी
डुल्छिन् सधैँ हिर्दय-माधुरीमा।।

No comments:

Post a Comment

Please leave your Comments here...▼