Sunday, May 24, 2020

मुक्तक




   
छ साधना सिर्जनको समाधि
भोग्छ्यौ सवै दोहन कष्ट-व्याधि।
हे धीर धर्ती!जननी-समान

लाग्छ्यौ तिमी 'पागल'की उपाधि।।

#################
मैले व्यासको ढिकुटीबाट फूलजस्तै कोमल, गीता चोरें,
जसरी साउनको दर्के झरीबाट थोरै शीतल, बाछिटा चोरें।
ढुङ्गाको च्यापच्यापबाट वनतरुल खन्ने बानीपरेको मैले,
तिम्रै रचनाको बिस्कुनबाट अलिकति निर्मल, कविता चोरें।।



अजम्बरी छन् जलले पँधेरा
कादम्बरीझैं महले पखेरा।
आकाश खुल्ला र-स-मस्त धर्ती
उड्छन् जहाँ मुक्तकका बचेरा।।

No comments:

Post a Comment

Please leave your Comments here...▼