Monday, December 4, 2017

गजल

गड्तीरमा पानीसँगै गीत बग्दोरैछ
चौतारीमा वतासजस्तो प्रीत बग्दोरैछ।
कहिले-कहीं पैतालामा काँढा बिझेपनि
जिन्दगीमा हार होइन जित बग्दोरैछ।।
अञ्जुलीमा थापिदिने धर्ती भए कोही
कर्कलाकै आँखाबाट शीत झर्दोरैछ।।
मनमा तिर्खा बढेपछि सम्झनाकी जूनको
पानी होइन पधेंरीमा धित बग्दोरैछ ।।
काँढमाथि पाकेपछि पहेंल्पुरे दाना
ऐंसेलुमा वैंसालुको रीत बग्दोरैछ।।


No comments:

Post a Comment

Please leave your Comments here...▼