Tuesday, December 26, 2017

गजल

जून-ताराले चोरी-चोरी हेर्छ रातैमा
उनको मुहार सम्झी फुल्छ गुलाफ पातैमा।।
घामपानीमा रुझीरुझी नदीमाथि खुल्ने
इन्द्रधनु ओत लाग्छ उनको छातैमा।।
जुन पहारमा खुल्छिन् उनी जुन पहाडमा डुल्छिन्
कस्तूरीको वास्ना डुल्छ साथै-साथैमा ।।
कहाँ खोज्न जानु मैले दर्ता चलानी ?
फोटोमात्रै टाँसी हिडिन् मनको खातैमा ।।
इशाराले सोधेकी-थिन् सञ्चो-विसञ्चो
आफैंलाई मैले भुलें वातै-वातैमा ।।


No comments:

Post a Comment

Please leave your Comments here...▼