Wednesday, May 20, 2020

कविता-गजल


पहाडी कन्दरा फोरी, बगेकी निर्झरीसरि।
चिरी शब्दार्थको कोख,जन्मन्छ्यौ कविता-परी।
बिजुलीरूपमा मानौं मुस्कान घनश्यामको
आराध्या कविता तिम्रा, परिभाषा थरीथरी।।
तिर्खालु जलधाराले तिर्खा सानन्द मेट्दछ
त्यहीबेला कुहू गर्छ्यौ चित्तमा कविता-चरी।।
लय-छन्द तिमी हैन,भेटिन्छ्यौ लय-छन्दमा
जड-चेतनको नाता गाँसिए-छुट्टिएसरि
शिल्पीले जसरी दिन्छ ढुङ्गामा पनि जीवन
अनुभूत तिमी हुन्छ्यौ वाणीमा दिव्य-सुन्दरी


No comments:

Post a Comment

Please leave your Comments here...▼