Thursday, August 6, 2015

गजल

जहाँ गएँ त्यहाँ उनी, 'नभेटिएर' फर्किएँ।
म प्यास चित्तभित्रको, 'नमेटिएर। फर्किएँ।।





म गीत गुन्गुनाउँदै पुगें समीपमा जसै
सितार-तार धूनमा 'नरेटिएर' फर्किएँ।।

लिएर दीप प्रेमको पुगें म आँगनीनिर
उठेर गाउँ नै सबै 'लखेटिएर' फर्किंएँ।।


लिएर आशका घडा खडा थिएँ ईनारमा

निराशको बतासले ’घचेटिएर’ फर्किएँ ।।

उनी थिइन् शशीकला म कृष्णपक्षको निशा
वियोगकै प्रवाहमा 'समेटिएर' फर्किएँ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼