Sunday, January 31, 2016

गजल

वैंसभरि रातो रहर सजाएकी हुन् कि ?
मेरी उनी इन्द्रधनु, लजाएकी हुन् कि?

“बोल्दिंन म”यति भनी रिसाएझैं गर्दा
काँढा होइन फूल बनी बिझाएकी हुन् कि ?

लेकबाट बेंसी झर्ने खोला हेरी-हेरी
सम्झी मलाई उनले गाला भिजाएकी हुन् कि?

मुहारमा बिहानको घामको लाली खिप्ने
ओठमा उनले हिमालचुली फिंजाएकी हुन् कि?

आधा आकाश धुम्मिएर आधा आकाश खुल्दी

जूनले मलाई दोछाँयाले रिझाएकी हुन् कि ? 
-------------------------------------------

No comments:

Post a Comment

Please leave your Comments here...▼