Tuesday, April 6, 2010

बात मारूँ के गरी म- गीत

बात मारुँ के गरी म,बोली लर्बराउँछ ।
पात टाँसें तैपनि यो आँखा फर्फराउँछ ।।

घुम्दा-घुम्दै पुगें म त कोशी किनारैमा ।
पानीसँग चल्दा-चल्दै डुबें विचारैमा ।।
न्यानो-न्यानो घाम दियो नीलो आकाशैले ।
पापी मन छोइदियो चिसो बतासैले ।।
बात मारुँ ......

आँखा बगे लहरमा पुगे टाढा-टाढा ।
देखें पर हाँसिरा'को कोही उताबाट ।।
ओठ चिप्ल्यो खुट्टो ठिकै ठाम्-मा टेके पनि ।
पापी मन बगिहाल्यो जति छेके पनि ।।
बात मारुँ.....

No comments:

Post a Comment

Please leave your Comments here...▼