Sunday, March 14, 2010

जिन्दगी- बगेडी

साँझपख जगाइने आरतीको ज्योति ।
हातजोडी देउरालीमा चढाइने पाती ।।
तापूँ-तापूँ भन्दाभन्दै अस्ताउने घाम ।
छोटो-मीठो निदरी हो जिन्दगीको नाम ।।- १

होचो-पुड्को मान्छे आज अग्लो हिमाल भो ।
खगेन्द्रले नाम राख्यो मेरो नेपालको ।।
उसै अग्ला नेताजी हो शर्म गर्न सिक ।
कुरा होइन काम गरी गर्व गर्न सिक ।।- २

1 comment:

  1. कति सरल । कति मिठो भावको प्रस्तुती ।

    ReplyDelete

Please leave your Comments here...▼