Tuesday, March 30, 2010

बगेडी

मन परेर होकि तिमी घिन गरेर होकि
भित्तातिर फर्क्यौ किन कान्छी-औंलो टोकी ?
भित्री मन छामिहेर्दा मन परेझैं लाग्छ ।
सिमल-भुवा कपाल देख्दा मन मरेझैं लाग्छ ।।- १

भावनाको हात समाई लखर्-लखर् डुल्ने ।
शब्दसँग खेल्नपाए घरै पनि भुल्ने ।।
के गरेर छुटाऊँ म पुर्पुराको खत ।
भाषासँग पासा खेल्ने बस्यो मलाई लत ।।- २

जालीरुमालैमा हजुर आँसु पठा'कोछु ।
आँसुसँगै आधा मेरो मासु पठा'कोछु ।।
कुर्ले भीरमा घुटुर्-घुटुर् मलेवाको जोडी ।
मेरो हजुर विदेशियौ गाउँघर छोडी ।।- ३

No comments:

Post a Comment

Please leave your Comments here...▼