चराको गीतसँगै उठेका हिउँकुमारीहरु,
एकै लहर खडा हुन्छन् पँधेरामा,
घामको मुस्कान देखेर लजाउँछन्
त्यसैले
गालामा लाली चढाउँछन्,
र यौवनको शोभा बढाउँछन् ।
हो
त्यहाँबाट पारि हेर्दा,
काँधमा गाउँ बोकेको बाटो देखिन्छ,
पोल्टामा शीतल बोकेको चौतारी भेटिन्छ,
त्यहीं बसेर मेरा वर-पीपल सपनाले,
पर्खिएका हुनेछन् तिमीलाई,
युग-युगसम्म
युग-युगसम्म ।
एकै लहर खडा हुन्छन् पँधेरामा,
घामको मुस्कान देखेर लजाउँछन्
त्यसैले
गालामा लाली चढाउँछन्,
र यौवनको शोभा बढाउँछन् ।
हो
त्यहाँबाट पारि हेर्दा,
काँधमा गाउँ बोकेको बाटो देखिन्छ,
पोल्टामा शीतल बोकेको चौतारी भेटिन्छ,
त्यहीं बसेर मेरा वर-पीपल सपनाले,
पर्खिएका हुनेछन् तिमीलाई,
युग-युगसम्म
युग-युगसम्म ।
No comments:
Post a Comment
Please leave your Comments here...▼