Sunday, May 19, 2013

मुक्तक



तनको घाउ निको भयो मलम बन्द गर्छु
मनको घाउ बल्झ्यो अझ,कलम बन्द गर्छु
बाँच्नलाई पुगेकै छ,मलाई मेरो कमाई
जन्ताबाहेक अरुलाई सलाम बन्द गर्छु ।।
                 २
नारीको मुक्तिका गीत फलाक्ने ढाँटका कुरा
एकैछिनपछि फुट्ने हातका काँचका चुरा
नलगाऊ,नपत्याऊ बन मानिस चेतकी
बोल्ने अक्षर छन् राम्रा तर छन् आँतमा छुरा ।।                   
              ३          

पानीचाहिं होस् कि नहोस्,खोला भन्नै पर्यो
पचास ठाउँमा फाटेपनि झोला भन्नै पर्यो ।
उल्टो-पाल्टो गरेपनि ज.ब.ज.को व्याख्या
एमालेको नेता पर्यो,होला भन्नै पर्यो ।।                  ४
                 4
यसो हेर्दा बास बस्न पुगेकै छ बल्खू
लुकी-छिपी प्रचण्डको खाएकै छ मल्खू ।
एमालेमा विभीषणको कहाँ छ र खाँचो ?
चोक्टा खान जता मिल्छ,उतैतिर ढल्कू ।। 

   

No comments:

Post a Comment

Please leave your Comments here...▼