भाषिकप्रयोग र प्रयोजन
पाठ १) विषय-प्रवेश
स्फुरणशील मानवीय प्रतिभाको अन्तस्करणमा अभिव्यञ्जित विलक्षण क्षणको सौन्दर्यानुभूतिको कलापूर्ण अभिव्क्ति नै सिर्जना हो ।यो वाक्यका बारेमा कसैले सिङ्गो मानव-स्वभावसँग जोडेर व्याख्या गर्छ भने अन्यथा हुँदैन र "यो विशेष-प्रतिभाको विशेष कार्यको सन्दर्भमा प्रयोग गर्न सकिने कुरा हो " भन्यो भने पनि त्यो अन्यथा होइन । किनकि आजसम्म सन्सारमा ज्ञान-विज्ञान-कला र व्यवहारका क्षेत्रमा जेजति गुणात्मक विकास भएका छन् ती सबैको कारण भनेको मानवीय स्वभावमा रहेको सौन्दर्य-चेत नै हो ।भइरहेको वस्तु वा पदार्थलाई कलामय रूप र गुणमा रुपान्तरण गर्न चाहने स्वभाव प्रत्तेक मानिसमा हुन्छ ।केश कोर्ने,जुँगा मुसार्ने ,लाली-गाजलले सजिनेदेखि बस्ने घर,प्रयोगका साधन,चिटिक्क मिलेका लुगा ,खेतका आली र बारीका डिलसम्मका यावत कुरामा मानिसको कलाप्रेम देखिन्छ ।हामीले चाहेको वस्तुको गुणमात्र होइन त्यसको बनोट पनि राम्रो चाहने हाम्रो स्वभाव हुन्छ ।विज्ञानले आविष्कार गरेका हरेक वस्तु हेर्दा बान्की परेका हुन्छन् ।यी सबै मानवीय कलाका विषय हुन् ।हरेक मानिसमा कुनै न कुनै कुराको स्फरण(फुर्ने काम) भइरहेको हुन्छ ।प्रत्येक मानिसमा कुनै न कुनै गुण वा क्षमता हुन्छ ।तसर्थ ऊ प्रतिभा हो ।जीवन र जगतका घटना-परिघटनाबाट उसको अन्तरमनमा अनिर्वचनीय अनुभूति पैदा हुन्छ ।खास खास परिवेशमा मानिस सामान्य अवस्थाभन्दा भिन्न भएर सोच्ने वा व्यवहार गर्ने गर्छ ।सामान्य वस्तु-घटना वा क्रिया-प्रतिक्रियामा विशेष सौन्दर्यको अनुभूत गर्छ र त्यसलाई कलापूर्ण तरिकाले अभिव्यक्त गर्छ ।अर्थात् सिर्जना गर्छ ।लगाउने लुगा ।घरको बनोट,बस्ने कुर्सी,पानीको गाग्रो,थालकचौराको आकार-प्रकारसम्ममा कलाका रङ्ग र रूप देखिन्छन् र त्यसैले हामीलाई आकर्षण दिन्छन् ।त्यस्ता सुन्दर वस्तुबाट हाम्रो मन प्रसन्न हुन्छ ।यसको अर्थ स्वभावजन्य कलाकार मानिसको सर्वव्यापी कलाको सम्बन्ध मन वा हृदयसँग हुन्छ ।
तर हामीले चर्चा गर्न लागेको स्रष्टा(कलाकार) वा उसको सिर्जना (कला)विशेष प्रकारको हो ।हुनपनि एकथरी प्रतिभाहरु सामान्य मानिसभन्दा भिन्न र विशिष्ट खालका हुन्छन् । त्यस्ता स्रष्टा वा प्रतिभा हाम्रै समाजका सदस्य भएपनि जीवन र जगतलाई नितान्त नयाँ ढङ्गले अनुभूत गर्छन् र कलाको विलक्षणताबाट त्यसलाई अभिव्यक्त गर्छन् ।सङ्गीतकार,मूर्तिकार,चित्रकार साहित्यकार आदि यसैकोटिमा पर्छन् ।यसमध्ये साहित्यिक सिर्जना चाहिं भाषाको माध्यमले हुन्छ ।भाषा प्रकृतिलेले मानिसलाई दिएको स्वयंमा विलक्षण गुण हो ।सीमित शब्दबाट असीमित वाक्य निर्माण हुने र सामान्य विशिष्टता प्रदान गर्न सकिने भावविनिमयको साधन भाषामा विशेष प्रतिभाले कला भर्ने कामलाई साहित्यिक सिर्जना भनिन्छ । अब प्रश्न उठ्छ कि भाषा र साहित्यमा के भिन्नता छ ? यसको सहज उत्तर हो' माटो र माटाको गाग्रोमा जे फरक छ,धातु वा ढुङ्गा र मूर्तिमा जे फरक छ,कपडा र पेन्ट-सर्ट-सुरुवालमा जे फरक छ त्यही फरक हो भाषा र साहित्यमा । यसको अर्थ बजारबाट किनेर ल्याएको कपडालाई कटिङ फिटिङ गरेर निश्चित आकारमा ढालेपछि त्यो सर्ट-पेन्ट बन्छ ।माटो नै घैंटो होइन।काठ नै कुर्सी होइन,ढुङ्गो नै मूर्ति होइन, रङ्ग र कूची नै चित्र नभएजस्तै शब्द र वाक्यको उपस्थिति नै साहित्य होइन।त्यो सामान्य अवस्थाभन्दा उपल्लो रूप र कलापूर्ण हुनैपर्छ ।त्यस्तो अवस्था पदयोजना,वाक्य-विन्यास,आन्तरिक वा बाह्य लयविधान, भावभङ्गिमा र भावविन्यास,उक्ति-विन्यास शिल्प-संरचना ,विचलन,आदिबाट सिर्जना हुन्छ ।विधा-उपविधाको रूप र स्वभावबाट सिर्जन-शिल्प अलग-अलग हुन्छ ।व्यावहारिक औपचारिक भाषाभन्दा साहित्यको भाषा कलापूर्ण मनोरञ्जनधर्मी, हार्दिक कोमल र विशिष्ट खालको हुन्छ ।शब्द र अर्थको अभिधा(सोझो)पन भन्दा बिम्ब-प्रतीक र भावको आँतबाट अभिव्यक्त भएर मानिसको मनलाई कालान्तरसम्म आह्लादित गराउने यसको स्वभाव हुन्छ ।शब्द सामान्य हुन् तर सिर्जनामा प्रयोग भएपछि तिनीहरुले विशिष्ट अर्थ वहन गर्छन् जस्तैः-छेपारो,पीपल-पात,नारद, गङ्गा,घाम अस्ताए जस्ता पद-पदावलीले सामान्य भाषामा दिने अर्थ भन्दा सिर्जनामा छुट्टै अर्थ दिन्छन् ।छेपारोले सिर्जनामा मौका अनुसार विचार र स्वभावको रङ्ग बदल्ने,दहीचिउरे कुरा गर्नेलाई पीपलपाते,जता पनि पुग्ने नारद,पवित्र गङ्गा,विशेष व्यक्तिको अवसान घाम अस्ताउनु जस्ता अर्थमा प्रयोग हुन्छन् ।पदहरुले सामान्यार्थ छोडेर विशेष व्यञ्जनार्थ वहन गर्नु साहित्यिक सिर्जनाको विलक्षण अवस्था हो । मिति २०७१ फागुन २३ गते शनिबार
------------------------------------
गजलबारे छुस्स
समानकिसिमले मुख मिलाइएका, झट्ट हे्र्दा झन्डै उस्तै वा समानजस्ता लाग्ने धार र टुप्पा भएका भिन्नभिन्न बाणहरू तूणीरमा राखिएका हुन्छन् ।कुशल धनुर्धरले तूणीरबाट बाण झिकेर आफ्नो निशाना वा शिकारमाथि अचूक प्रहार गर्छ ।
गजलका बारेमा गहन अध्ययन गर्नु वा गजल सिर्जना गर्नु अघि आधारभूत जानकारीका लागि माथिको अनुच्छेद सहयोगी हुन्छ सायद ।समान पद वा पदावलीमा मुख मिल्ने रदीफ,समान जस्तो लाग्ने तर भिन्न धार र टुप्पा जस्ता काफिया र भिन्न बाणजस्ता मुक्त शेरहरु गजल नामको तूणीरमा राखिएका हुन्छन् ।अब कुशल धनुर्धारी गजलकारले आफ्नो शिकार वा निशानाको प्रतिनिधि श्रोतामाथि एकपछि अर्को कुशल प्रहार गरेर कलाप्रदर्शन गर्छ ।अचूक प्रहारले लक्षभेदित शिकार वा निशानाबाट एकाएक प्रतिक्रियाको ध्वनि नै वाह! वाह ! हो ।
बाण छोड्नु नै तीरकला होइन र रदीफ काफियासहितको सतही वर्णन नै गजल होइन ।धनुबाट एक घन्टामा कतिवटा बाण छोडियो वा दिन सप्ताह वा महिनामा कति गजल लेखेर पोस्ट गरियो भन्दा पनि लक्षभेदनको गुण मुख्य पाटो हो । यो कलापूर्ण हुनुपर्छ।अर्जुन एकलव्य वा कर्णको एकाग्रता साधना र समर्पणले प्राप्त हुने गुण हो यो । यो मेरो सामान्य बुझाइ हो, जो मैले तपाईहरुकै लेख वा सिर्जनाबाट पाएको ज्ञान हो ।
लयः-
हिजोको स्टाटसमा मैले गजलबारे चुस्स बोलेको थिएँ र शब्दमा कुद्ने भन्दा शब्दलाई साधन बनाएर भावको गहिराइतिर लाग्न आग्रह गरेको थिएँ ।अब यति भएमा गुगलबाट गजलसम्बन्धी सामग्री खोजेर थुप्रै साथीले लाभ लिन सक्नुहुनेछ । फेसबुकमा लयको बारेमा धेरै छलफल र चर्चा-परिचर्चा भएको पाइन्छ ।आज त्यसबारे पनि सानो कुरा गरे के फरक पर्छ र? हामीले भाषा प्रयोग गर्दा अर्थात् बोल्दा आवाजमा जुन उतार-चढाव(आरोह-अवरोह) हुन्छ त्यो नै लय हो ।जतिसुकै सानो वाक्य वा वर्ण नै किन नहोस् विनालय उच्चारण हुनैसक्दैन ।बोल्दा पैदा हुने लय,प्रयोग भएका शब्दको गति वा चाल र यति वा विराम जुनसुकै अभिव्यक्तिमा हुन्छन् ।लयको शून्यता गद्य होइन न्यूनता अवश्य हो ।जति लय तीव्र र विशिष्ट बन्दै लान्छ त्यति नै त्यो पद्य वा गेय हुन्छ भने लय जति खुकुलो हुँदैजान्छ त्यतिनै पद्य पनि गद्यतिर प्रवेश गर्ने हुनाले गद्य र पद्यको सीमारेखामा निबन्ध र हामीले भन्ने गरेको गद्य कविता रहन्छन् ।
कतिपय अवस्थामा छन्द र लयलाई पर्यायको रूपमा प्रयोग गरिन्छ । यो चर्चा पछि कुनैबेला ।यहाँपनि त्यरी नै अहिले प्रयोग गर्दा सहज होला ।छोटकरीमा भन्नुपर्दा छन्द भनेको वर्ण-मात्राको विशेष संरचना हो भने लय भनेको त्यसलाई गाउँदा सुनिने आरोह-अवरोह हो ।जस्तोः- "जान्छिन् आज शकुन्तला घर भनी उठ्तो छ चिन्ता अति " यो शार्दूलविक्रीडित छन्द हो ।यसलाई अनेक तरिकाले जुन गाइन्छ ती सबै लय हुन् ।छन्द वर्णमात्राको व्यवस्थापन हो भने लय प्रयोगमा पैदा हुने साङ्गीतिक आरोह-अवरोह हो ।यस अर्थमा छन्द र लय भिन्न कुरा हुन् भने एकै सिक्काका दुई पाटा पनि हुन् ।यहाँ कतै छुट्टै र कतै पर्यायको रूपमा प्रयोग गर्नुको कारण पनि चलनलाई पछ्याएको हो । पद्य वा गेयविधा(गीत-गजल-कविता)का लागि छन्द वा विशिष्ट लयविधान अनिवार्य सर्त हुन् तर छन्द वा लयमात्र चाहिं कविता गीत वा गजल होइनन् ।संरचना, पदयोजना, वाक्यविन्यास उक्तिवैशिष्ठ्य लयविधान जस्ता कुराको समग्रताबाट गीत गजल वा कविताको दर्शन हुन्छ । शब्दहरुको प्रयोग,लयात्मक वर्णन नै गीत कविता वा गजल होइनन् ।मैले एउटा पुरानो केही साता अघिको स्टाटसमा एउटा आफ्नै सिर्जनालाई गजल होइन भनेको थिएँ किनकि त्यहाँ छन्द र संरचना भएपनि गजलको मर्म थिएन ।
गीत गजल वा कविता, पद्यविधा हुनाले यिनीहरुमा लयको विशिष्ट अवस्था हुन्छ ।पद्यको पहिचान भनेकै लयको विशिष्टता हो ।सामान्य गद्यको न्यूनतम लयले विशेष उचाइ लिने क्रम बढेसँगै पद्यमा प्रवेश हुन्छ र अडान-अडान पाउ-पाउ वा चरण-चरण हुँदै लयको विशिष्टता देखापर्छ ।यो वर्ण-मात्रा पद-पदावली र वाक्यको स्थितिमा देखिन्छ त्यसैले लयनिर्मितिका लागि आवश्यकतानुसार व्याकरण लिङ्गमा विचलन आएर अरु श्रवणीय हुन्छ ।लयको अधिकतम अनुशासन नै वर्णमात्रिक( वार्णिक) वा शास्त्रीय छन्द हो । यसमा वर्ण र मात्रा दुबैको फलामे अनुशासन हुन्छ र वर्ण र मात्राको रूप र रखाइबाट यगण मगण गणहरु आदि पैदा हुन्छन् ।यो अनुशासित खुकलो भएर कतै वर्ण र कतै मात्रालाई गणना गरिने छन्दविधान हुन्छन् ।त्यसैलाई लयविधान पनि भनिएको हो । मैले थुप्रै साथीले गीतकार गजलकारले लय मिलाउनु वा जान्नु जरुरी छैन त्यो संगीतकारको काम हो भनेको पाएको छु ।
के शब्दको स्रष्टाले लय मिलाउन वा जान्न जरूरी छैन ?
मैले थुप्रै साथीले गीतकार गजलकारले लय मिलाउनु वा जान्नु जरुरी छैन त्यो संगीतकारको काम हो भनेको पाएको छु ।गीतकार वा गजलकारको काम भनेको शब्दमा पोखिनु हो ।त्यसलाई कस्तो संगीत र लय दिने ? भन्ने कुरा संगीतकारले जान्ने काम हो ।अनि मिलाएर गाउने काम गायक-गायिका को हो ।फेसबुकतिर यस्ता कुराको सबाल-जबाबमा लामा-लामा बहस भएको पाइन्छ ।आफूले गरेको टिप्पणीको जिम्बेवारी टिप्पणीकर्ताले पनि लिनुपर्छ र दायित्व भन्ने कुराबाट कोही कसैले पन्सिनु हुँदैन ।ध्वनि-विज्ञानका नियमदेखि जीव-विज्ञानका नियमसम्मका शास्त्रीय कुतर्कले कलालाई समाउन सकिन्न ।
कलाको आफ्नै धर्म-मर्म, चालढाल लय र ताल हुन्छ ।यसको अर्थ यसले भाषा-व्याकरणका नियम मान्दैन भन्ने होइन ।अझ लय-निर्मिति त पदयोजनाबाटै हुने भएकाले विचलनका सम्भावना अधिक हुन्छन् ।तर सिर्जनात्मक विचलन । एकछिनका लागि मानौं गीतकार वा गजलकारले भन्यो "लेख्ने मेरो काम हो लेखें ।लय मेरो काम होइन ।"संगीतकारले पनि भन्यो कि "शब्दको भाव र मर्म बुझ्नु मेरो काम होइन त्यसैले मेरै हिसाबले लय भरिदिंएँ ।"त्यसमाथि गायकले भन्यो "शब्द र संगीत मेरो चासो र चिन्ताको विषय होइन तसर्थ ताल पर्यो गाइदिएँ ।"र श्रोता वा पाठकले भन्यो "आ ! साथीको थियो एक कानले सुनेर अर्कोले उडाइदिएँ तर वाह वाह चाहिं भनिदिएँ ।" के होला अब ?
हरेक स्रष्टाले मेरो इशारा बुझिसक्नुभयो होला ।शब्द-संगीत र स्वर एकअर्काका परिपूरक हुन् ।शब्द सुन हो भने संगीत सुगन्ध हो अनि स्वर स्वाद हो भन्ने ठानौं ।सबैको लक्ष भनेको श्रोता वा पाठक हो ।कसैले कसैलाई दायित्व पन्साउने वा मुन्साउने कुरा नभएर सहकार्यद्वारा श्रोता वा पाठकसम्म रसमय भएर सम्प्रेषित हुने संयुक्त दायित्व हो ।यो अरु कसैको काम गरिदिएको नभई हार्दिक दायित्व हो ।मेरो काम पढाउने हो । कसरी बुझ्ने ? यो विद्यार्थीको दायित्व हो भन्ने हो भने म कस्तो गुरु हुँला ? मात्रात्मक हिसाबले प्रतिभाहरु गीतकार गजलकार संगीतकार र गायक हुन् । परन्तु गायकलाई शब्द र संगीतको मर्म थाहा हुनुपर्छ ।संगीतकारलाई गायनको धर्म र मर्म जानकारी हुनुपर्छ ।अनि शब्दको स्रष्टालाई लयको सैद्धान्तिक ज्ञान भए-नभए पनि त्यसबारे सामान्य जानकार हुनैपर्छ ।गजल-गीत- कविता लेख्न रुचि राख्ने तर लयमा उदासीन हुने कुरा राम्रो हो र?पदयोजना,भावविधान उक्तिसौन्दर्य विधागत संरचनासँग परिचित हुनै परे जस्तै छन्द वा लयविधानसँग पनि नाता हुनैपर्छ ।अर्थात् गीतिचेत र लयप्रति अनुराग पद्यनिर्मितिका सर्त नै नुन् भने हुन्छ ।हाम्रा पाखाभित्तामा गाइने लोकगीत गीतिचेत र लयविधानका भरपर्दा सहयोगी हुन् ।लोकगीत सुन्ने र गुनगुनाउने गर्नाले लयको अभ्यास हुनसक्छ ।र सिर्जना पनि कलात्मक हुन्छ ।कतिपय गीत-गजल-कविताका सर्जकहरु अलमलिको ठाउँ यतैकतै हुनुपर्छ ।लोकगीत र लोकलयले राम्रो सहयोग गर्न सक्छ भन्ने मेरो बुझाइ छ ।
मेरो आशय के हो भने मानिलिउँ 'भुजङ्प्रयात' छन्दमा चारवटा यगण हुन्छन् भन्ने कुरा मलाई थाहा नभएपनि त्यसलाई वाचन गर्ने सामान्य लय-गति र यतिका बारेमा जानकारी राखिन्न र टाकनटुकन पारेर लेखेपछि मिलाउने काम संगीतकारको काम हो भन्ने हो भने हामी कहिल्यै उठ्न सक्दैनौं ।छन्दका गण,गति यति मिलाउने र गीति-लयमा सहज लय मिलाउने काम स्रष्टाको हो ।त्यसलाई विशेष लय दिने वा सुमधुर बनाउने काम संगीतकार गर्छ ।एउटा छन्द वा सिर्जनाको संरचनालाई अनेक लयमा गाउन सकिन्छ ।तीमध्ये एउटालाई शब्दको स्रष्टाले टिप्नुपर्छ । हजारौ छन्द र लाखौं लयको बारेमा म जान्दिंन ।केवल मेरो नेपाली कान अभ्यस्त भएका र जिब्रोमा बानी परेका छन्दमात्र म मिले-नमिलेको परैबाट थाहा पाउँछु ।परिचितको आवाजजस्तै ।सारेगम नै जानेको हुनुपर्दैन तर लयमा रुचि छैन तसर्थ दायित्व पनि होइन भन्ने हो भने कुशल स्रष्टा बन्न गाह्रो छ ।
सिर्जना प्राविधिक भएरमात्र हुँदैन स्रष्टा रसिक पनि हुनुपर्छ ।बजाउन आउँदैन, यसको अर्थ वादनप्रति विकर्षण हुने ?गायन कला नहोला यसको अर्थ नसुन्ने ?होइन भने 'शब्द मैले दिएँ लय मेरो काम होइन भन्ने हो भने त्यो गीत-गजल केवल वर्णन होला कला हुँदैन ।स्रष्टाको लयमा अभिरुचि हुँनैपर्छ र ऊ रसिक वा रौसे हुनैपर्छ ।ऊ शब्दसँगमात्र होइन भावसँग पनि खेल्न जान्ने हुनुपर्छ ।यो रसिकताको कुरा हो दायित्व बोक्ने वा नबोक्ने कुरा होइन ।तर स्रष्टाको सामाजिक र भावकीय दायित्व अवश्य हो ।
सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची-महाकाली ।।
यो गीतलाई राम्रोसँग हेर्नुहोस् ।करीव तेह्र सय सिर्जनाका बीचबाट छानिएको र राष्ट्रगानको स्थान पाइसकेको यसलाई कथित चश्मा लाएर नहेर्दा खोट लाउनुहुन्न ।तर व्याकुल माइलाले शब्द दिनुभयो ,अम्बर गुङले संगीत दिनु भयो ।सायद लयको क्षेत्र मेरो होइन भन्ने व्याकुललाई लाग्यो होला र अम्बरलाई शब्द जे छ त्यसमा नै संगीत दिउँ भन्ने लाग्यो हो ।यति राम्रा शब्दको संगीत र स्वरमा दाँतमा ढुङ्गो लागेको अनुभव त्यतिबेर हुन्छ जब सार्वभौम्\भै\फैलिएका\मेची-महाकाली उच्चारण हुन्छ ।बरु व्याकुलले सार्वभौम फैलिएका मेची-महाकाली ।।लेखिदिएर लयमा न्याय गर्नुभएको भए गानमाथि नै न्याय हुनेथियो ।लयलाई ध्यान दिएको एउटा हरफः-
नौलाख तारा उदाए धर्ती र आकाश हाँसेछ ।
यसलाई पनि संगीत अम्बरले नै दिनुभएको हो ।अब तुलना गर्नुहोस अम्बरलाई कुनमा सहज भयो संगीत भर्न ?लय पक्कै संगीतकारले भर्ने हो तर सामान्य लय शब्दको सर्जकले मिलाएकै हुनुपर्छ ।
काफियाको बारेमा थोरैः
व्यवहार र साहित्यमा पनि सकेसम्म आफ्नै मौलिक पद र पदावलीको प्रयोग गर्ने हो ।तर कतिपय अवस्थामा भावलाई यथावत् टिप्नका लागि अन्य भाषाका शब्दको पनि प्रयोग गर्नुलाई अन्यथा मान्नुहुन्न ।गजलको सन्दर्भमा पनि नेपाली भाषामा प्रयोग हुने पद र पदावलीको प्रयोग गर्दा बुझ्नलाई सजिलो हुन्छ ।
गजलको विषयवस्तु अव हिजोको सीमित परिभाषामा रहेन र स्वयं गजल गीतको उपविधा नभएर पद्यको छुट्टै विधाको रूपमा स्थापित भइसकेको हुँदा अन्य विधामा जस्तै अनेक विषयमा गजल लेख्न सकिन्छ ।यो सार्वभौम सत्य हो ।तर सबै कुरा फेरिएपनि जुन कुराले एउटा विधालाई अर्को विधाबाट छुट्याउँछ वा जुन कुरालाई हेरेर फलानो विधा हो भनिन्छ त्यो आधारभूत कुरामा भने परिवर्तन हुँदैन ।
गजललाई अन्यविधाबाट छुट्याउने प्रमुख तत्व काफिया र रदिफ हुन् ।कुनै गीतिविधा गजल हो वा होइन भन्ने कुरा हामी रदिफ र काफियाबाट छुट्याउने गर्छौं ।अझ रदिफ नभएपनि मान्न सकिएला तर काफिया भएन भने त्यो गजल हुनै सक्दैन ।चुच्चोविनाको चरो ,सुँडविनाको हात्ती नभएजस्तै काफियाविनाको गजल हुँदैन ।
यतिबेला सबैभन्दा ज्यादा लेखिएको र सबैभन्दा बढी गिजोलिएको विधा नै गजल बनेको छ ।रदिफ- शेर-मिसरा आदिका बारेमा आवश्यकतानुसार चर्चा गर्दै जाउँला ।तर अहिले काफियालाई नै चर्चाको विषय बनाउनु सान्दर्भिक होला ।काफिया यो सापटीको शब्द गजल शब्दसँगै आएको हुनाले हुनाले कसैलाई यही ठीक लाग्नु स्वाभाविक हो ।तर कसैलाई यो शब्द नै टाउको दुखाइको विषय बनेको छ । कोनै पनि कुरालाई बुझ्नका लागि सजिलो बाटो अपनाउनु राम्रो हुन्छ र प्रचलनमा भए आफ्नो भाषाका शब्दे बुझ्दा राम्रो हुन्छ ।आजको कुराको सार यही हो । काफिया गजलको प्राणतत्व हो ।माथि नै भनियो ।नेपाली साहित्यमा प्रयोग हुने अनुप्रास वा चलनचल्तीको भाषामा तुकवन्दी नै काफिया हो ।ध्वनिगत रूपले सुन्दा उस्तै लग्ने तर भिन्न अर्थ भएका पदको आवृत्ति वा खप्टिएर आएको अवस्था नै अनुप्रास हो ।जस्तैः-
चरी बस्यो बाँसैको टुनामा
छिन्छ पोते नसमाऊ तुनामा ।।
माथि टुना र तुना को ध्वनि उस्तै लाग्छन् तर अर्थ फरक छन् ।यसलाई अनुप्रास भनिन्छ ।यो नै काफिया हो ।अनुप्रासका अनेक रूप र अवस्था भएपनि हरफको अन्त्यमा प्रयोग हुने तुकबन्दी वा अनुप्रास नेपाली पद्यविधा र विशेषतः लोकगीतको प्रिय कुरा हुन् ।अझ लोकगीतमा त अनिवार्य भएर आउँछन् ।तसर्थ यसको प्रयोग र मिठासका लागि हाम्रा लोगगीत नै भरपर्दा सहयोगी हुन् । 'बाटो' स्वयंमा यो काफिया वा अनुप्रास नभएर पदमात्र हो ।'बाटो 'पाटो' यसरी प्रयोग भएपछि तिनलाई काफिया वा अनुप्रास भनिन्छ ।प्रायः नेपाली गीत, प्रायः छन्दोबद्ध कविता र अनिवार्यतः लोकगीतका प्रत्येक हरफको अन्त्यमा यिनीहरुको प्रयोग हुन्छ ।जोर-बिजोर हरफको अन्यमा प्रयोग हुने त्यस्ता अनुप्रास अन्य गीतिविधामा एकएक जोडीमा सीमित हुन्छन् जस्तैः-
_________________खान्छ
___________________जान्छ।।
____________________गयो
____________________भयो ।।
यहाँ खान्छ जान्छ अनि गयो भयोको जोडी छन् । यी अनुप्रास हुन् ।।
यसको विपरीत गजलको शुरुका दुई हरफ(मतला)मा अनुप्रास वा काफियाको जोडी हुन्छ भने प्रत्येक शेरको विजोर हरफ वा शेरको अन्यमा शुरुकै तुकबन्दी वा अनुप्रासको प्रयोग हुन्छ ।जस्तैः-गजलको बनोट
विजोर हरफ_______________________बाटो रैछ।
जोर हरफ_________________________माटो रैछ
विजोर____________________________
जोर_______________________पाटो रैछ ।।
____________________________
__________________________खाटो रैछ ।।
________________________
___________________________टाटो रैछ ।।
यहाँ बाटो माटो पाटो खाटो टाटो जस्ता उस्तै लाग्ने पद काफिया वा अनुप्रास वा तुकबन्दी हुन् भने रैछ रैछ जस्ता उनै पदको पुनरावृत्ति रदिफ हुन् । गजलको सुर ताल र स्वर पहाडी खोला र झरनाजस्तो नभएर कलकल आवाज सुनिने तर शान्त नदीजस्तै हुनाले सोही प्रकृतिका पद हुनुपर्छ ।काफियासँगै शेरको अन्त्यको विशेष बज्ने र रदिफमा विश्राम हुने भएकाले श्रोतालाई वाह वाह गराउने अचूक पद भनेकै त्यो अनुप्रास हो भन्ने मेरो बुझाइ छ ।
कतिपय साथीले काफियाका नाममा अनेकौं प्रयोग गरेको पाइन्छ ।ठीक हो कि होइन ?यसको उत्तर के हो भने श्रोताले पहिलेकोजस्तै वा त्योभन्दा तीव्र आवेगमा स्वीकार गर्छ भने र विधाको संचरचना अन्योलग्रस्त हुँदैन भने ठीक छ ।अन्यथा त्यो प्रयोगमै सीमित भएर आत्मरतिको विषय हुनसक्छ ।
एकजना साथीलाई उहाँको पटकौंको अनुरोधपछि स्वीकारें ।ट्याग गरेर वा इनबक्समा दैनिक दशवटा सम्म गजल पठाएर सबैपक्षमा कमेन्ट गरिदिन आग्रह गर्नुहुन्थ्यो ।तर उहाँका काफिया यस्ता थिएः-
अग्लो,हाँगो दैलो पाडो ,खुट्टो डोको आदि ।
मैले यी अनुप्रास वा काफिया होइनन् के भनेको थिएँ उहाँले यी एकाक्षरी काफियालाई नमान्ने तिमीहरुजस्ता यथास्थितिवादीले परिवर्तनलाई स्वाीकार गरेनौं जस्ता भाषण इनबक्समा लेखेपछि उहाँका बारेमा टिप्पणी गर्नु बेकार ठानें ।सिक्दा यस्तो हुनसक्छ ।तर अनुप्रासका भण्डार लोकगीत नसुन्ने ,अरुका नपढ्ने विधागत स्वरूप धर्म र मर्मलाई वेवास्ता गरियो भने गजलप्रति न्याय हुँदैन भन्ने मेरो बुझाइ छ ।
गजलमा गीतिचेतबारे केही दिनपछि क्रमशः..........

No comments:
Post a Comment
Please leave your Comments here...▼