Thursday, January 28, 2010

बगेडीहरु

भाषा मोरी शर्माएर शिर झुकाउँदी,
शब्दहरू पग्लिए'छि भाव सुसाउँदी ।
गीत पनि जवानीमा अन्धो हँदोरै'छ,
रिठ्ठोजस्तो वस्तीसँग पिर्ती गाँस्दोरै'छ ।।

---------0-------------

गीति-कविता
000000000

रोई-रोई बजि-रैछ सारङ्गीको धुन ।
जन्मभूमि पुकार्दछिन् हाम्लाई एक हुन ।।
--------------

को होला यो विभाजनको घण्टा बजाउने ?
पिप्ले खेत होइन देश बण्डा लगाउने ।
दु:ख हाम्रो साझा शत्रु ,जात-जाति होइन ।
देश कित्ताकाट गर्ने हाम्रो साथी होइन ।।

रोई-रोई----------

कुन जातिमा लुछिँदैन गरीबका छाला ?
चाउरिएका कहाँ छैनन् निमुखाका गाला ?
रीत फेर्नुपर्छ अब देश फोर्नुहुन्न ।
रगतले विभाजनका रेखा कोर्नुहुन्न ।।

रोई-रोई---------

पारुहाङको छानोलाई बाहुनले छाउन् ।
सुम्निमाले नेपालीको घर-आँगन लिपुन् ।।
बालुन र सेलो,देउडा,होली-गीत हाम्रै ।
तराई र हिमालका सबै प्रीत आफ्नै ।।
रोई-रोई-----

No comments:

Post a Comment

Please leave your Comments here...▼