मुक्तक लेख्दा
-------------
एक हातमा धनु र अर्कोमा काँड समाएझैं,
कुशलतापूर्वक कमानमा बाण चढाएझैं,
ताँदो खिच्दो शिकारीले टक्क दृष्टि अड्याएझैं,
मुक्तक बनोस् छोडिएको तीरले चरो खसाएझैं ।।
यस्तो पो हुँदैछ त
---------------------
मान्छे होइन यहाँ हिमालको पनि शिर झुकेको छ ,
तैपनि अभिमानले उसको छाती फुकेकै छ ।
सद्भाव सेरिने र देश चिरिने बिमारीमा छ,
राजनीतिका हातबाट नेपालको नाम मेटिने तयारीमा छ ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼