Wednesday, November 17, 2010

मुक्तक


आँत निचोरेर बोर्डमा लेख्ने मार्कर मै हूँ
दाँत किटेर आफैंले लेखेको मेट्ने डस्टर मै हूँ
मार्कर भनेपनि डस्टर भनेपनि
कृष्ण वस्तीका नामले चिनिने मास्टर मैं हूँ ।।- १



गीत लेखिमाग्नेसँग,झन्नै आज हारें ,
प्रीत मेरो रित्तिएको बाहनामा टारें ।
वैलिएको फूलमा पनि वासना हुँदोरैछ,
त्यसैले त आँसु उसको सम्झनामा झारें ।।- २

No comments:

Post a Comment

Please leave your Comments here...▼