Saturday, May 18, 2013

मुक्तक


फुट्छ भने फुटोस् बरु धनैको हो ऐना
उड्छ भने उडोस् बरु वनैको हो मैना ।

फिर्ता लिनु छैन मलाई सुर्ता पनि छैन
यो देशका लागि मेरो जीवनकै हो बैना ।।
                २
कस्तुरीलाई चिनाइदेऊ उसकै पेटको बास्ना
देश दुखी रुनेलाई ओठ देऊ हाँस्न ।
तिम्रो धन तिमी राख, मन दिए पुग्छ
पर्देशीलाई फिर्न देऊ, उसकै देशमा बाँच्न ।।
                       ३
 बजाउनेले बजाइदिन्छ पिपिरीको पात
सीप भर्न सिपालु छन् लिखुरीका हात
मायामात्र  दिए पुग्ने,लुटाइदिन्छ छाया
अचम्मको प्राणी हुन्छ कलाकारको जात ।। 

No comments:

Post a Comment

Please leave your Comments here...▼