१
यता कोयलीको अनौठो गला छ,
उता प्रेममा प्रेयसीको कला छ।।
२
खुलेको छ धर्ती जहाँ जून बोकी
त्यहाँ जिन्दगीको सुनौलो पला छ।।
३
सधैँ काँधमा बोक्नसक्ने हिमाल
यहाँ काखमा धान राख्ने खला छ।।
४
सबै भीर-पाखा-पखेरा नियाल्दै
छिचोल्ने धरा निर्झरी चञ्चला छ।।
५
नदी-भित्र पानी नबग्ने कहाँ छ
किनारा कठै !घामले टन्टला छ।।
६
पराया कसैको नराखी गुनासो
स्वयं पौरखी बन्नुमा नै भला छ ।।
७
ढिंडो-साग-सिस्नो-पिठोमा रमेको
अहो! खेल सानन्दको सैसला छ।।
८
उँभो लेकका भेकमा आलुचा वा
उँधो जामुनो, बीचमा सुन्तला छ।।
९
फुटाएर बाँझो सधैँ कर्म गर्ने
खुला पौरखी जिन्दगानी बला छ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼