Wednesday, January 20, 2010

नेपाली शुद्धलेखनका आधार,शब्दको अन्त्यमा 'ई'को प्रयोग

शब्दको अन्त्यमा 'ई'को प्रयोग गर्ने सामान्य आधार
-------------------------------------------------------------

१. सर्वनामको अन्त्तमा 'ई' दीर्घ लेखिन्छ :-हामी,तिमी,यिनी,उनी,यी,ती,तिनी,तपाईँ

२. स्त्रीलिङ्गी शब्दको अन्त्यमा'ई'दीर्घ लेखिन्छ :-
छोरी,बुहारी,बहिनी,भान्जी,भतिजी,नातिनी,केटी,गाई,देवी,लक्ष्मी,ईश्वरी,भागीरथी
३. निर्जीव/मानवेतर शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-टोपी,काउली,खोर्सानी,तर्कारी,फर्सी,भिन्डी,कोदाली,गुन्द्री,चकटी,खुर्पी,छुर्पी,आली,फाली,

४. सानो बुझाउने शब्दको अन्त्यमा'ई' दीर्घ लेखिन्छ :-थाली,गाग्री,लोहोटी,बोटुकी,पटुकी,खुर्पी,

५. जात-थर-पेशा बुझाउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-वस्ती, अधिकारी,कार्की,राई,पराजुली,छेत्री,नोकरी,खेती,पुजारी
आदि।

६. विशेषणको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ:-दानी ज्ञानी,धनी,अल्छी,तामसी,सुखि,दु:खीवियोगी,रोगी,भोगी,भाग्शाली,आदि

७. ही,हीँ(चाहिं होइन) अरी,तरी अन्त्यमा आउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-त्यही,त्यहीँ,उही,उहीँ,कहीँ यसरी,उसरी जसरी,कसरी,त्यसरी,यस्तरी उस्तरी आदि

८. संख्यावाचक शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-साठी,सत्तरी,असी,एकासी,चौरासी पचासी, आदि

९. मती-वती अन्त्यमा हुने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :- श्रीमती,रूपमती,मधुमती,अमरावती,शौभाग्यवती आदि

१०. ठाउँ-नदी-अनुकरण बुझाउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-बैतडी,कैलाली,घोराही,लमही,बेंसी,कोशी,मेची ,महाकाली, खलखली,तनतनी,झलझली,सरासरी आदि ।

११. एर' बुझाउने असमापिका क्रिया र स्त्रीलिङ्गी क्रियाको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-देखी,हेरी,सुनी, खाई(खाएर को अर्थमा ) खाई,गई,पढी,घुमी,लेखी (क्रिया स्त्रीलिङ्गी )

नोट;-आफ्ना तर्फबाट यस्तै शब्द सकेसम्म थपेर वाक्यमा प्रयोग गर्नुहोला ।केही दिनपछि हामी उ-ऊ को प्रयोगमा जानेछौं ।तर त्यसअघि इ-ई को प्रोयोगमा के प्रगति भयो ? त्यसको जानकारी पाउनु जरुरी छ र तपाईका रचनामा पनि परीक्षण गरिनेछ ।

1 comment:

  1. hajur sir yastai byakaranko khaacho thiyo hamijasta sikaru laai sir yaha rakhidinu bhaeko rahechha hajur prati abhaari chhu

    ReplyDelete

Please leave your Comments here...▼