Tuesday, April 6, 2010

तीन-टुक्रा

कला सस्तो हुँदैजान्छ,
गला भित्तो बनेपछि ।
मान्छे गल्ती हुँदैजान्छ,
खल्ती रित्तो भएपछि ।।- १

तेल बनौंला आँसु झारी
जीवनमा तिमी दीप बन ।
फूल म बन्छु चुँडिदै-मुँडिदै
तिम्रो इच्छा पूरा गर्न ।।- २

कहिले फूल टिपेर पत्थरमा चढाएँ,
कहिले प्रेयसीका केशपासमा सजाएँ ।
आज त एक हूल फूल आएर मलाई नै चुँडिदिए,
बैगुनीले जाँदाजाँदै छातीमा आफ्नो नाम कुँदि ।।- ३

No comments:

Post a Comment

Please leave your Comments here...▼