Tuesday, April 6, 2010

तीनधारा- लघुकविता


कुरो त यसो पो?
----------------
गाउँमा बाघ मारिएको हल्ला फिंजियो ,
नाचगान गर्दै मान्छेको भीड धुरियो ,
न बाघ देखियो न हल्लाबाज भेटियो ,
भोलिपल्ट त सबैका घर, फोरिएको पो सुनियो ।।

पाखण्ड
-------------
राम वनवास गए,चक्रवर्ती दशरथले लाचारी सुसाए,
द्रौपदीको चीरहरणमा,पितामह भीष्मले शिर झुकाए,
भन्नपनि लाज हुन्छ,पाखण्डीसँग टीठ जाग्छ,
देशलाई सङ्कट पर्दा,कृष्ण वस्तीले मुख लुकाए ।।

गुलाफको अभिमान
----------------------
घामले दिएको न्यानो ओढ्यो,
हावाले पठाएको शीतलता टेक्यो,

धर्तीमा उभिएर आकाशलाई चुम्दो,
गुलाफको थुङ्गाको शालीन अभिमान,
मानिसको ओठमा फक्रिने मन्द मुस्कान ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼