शिरमाथि लगाएर चन्द्रमाको ताज ।
हेरिरहुँ जस्तो लाग्यो आफ्नै मुहार आज ।।
गाजलुको घुम्टो खोली उनले मलाई हेर्दा ।
आफैंसँग लाग्यो मलाई पैलोपल्ट लाज ।।
मान्छे पनि हिउँचुलीझैं खुल्नसक्दो रैछ ।
हिर्दयमा हिउँचरीले गरेपछि राज ।।
पानीमाथि पुल हाली बगाइदियौ दूरी ।
मनैबाट उड्यो मेरो विरहको बाज ।।
0 comments:
Post a Comment
Please leave your Comments here...▼