Saturday, August 27, 2011

गजल


शिरमाथि लगाएर चन्द्रमाको ताज ।
हेरिरहुँ जस्तो लाग्यो आफ्नै मुहार आज ।।

गाजलुको घुम्टो खोली उनले मलाई हेर्दा ।
आफैंसँग लाग्यो मलाई पैलोपल्ट लाज ।।


मान्छे पनि हिउँचुलीझैं खुल्नसक्दो रैछ ।
हिर्दयमा हिउँचरीले  गरेपछि राज ।।

पानीमाथि पुल हाली बगाइदियौ दूरी ।
मनैबाट उड्यो मेरो विरहको बाज ।।

1 comment:

  1. क्या गज्जब गजल छ् सर हजुरका रचना पढ्न त यहाँ पो आउनु पर्ने रहेछ |गज्जब लाग्यो |

    ReplyDelete

Please leave your Comments here...▼