अघोरीलाई भोक लागे घाटमा मुर्दा कुर्छ
बिरालाको जातै उस्तो धानमा बिस्टा पुर्छ
काम नपाको कृष्ण वस्ती पाडो कन्याइ गर्दो
कता जिली कता गाँठी उसै मुक्तक फुर्छ ।।
०
मकै चोर्ने मौका छोप्न वाँदर बस्छ आहाल
चिलाएको नाइटो थियो कन्याइदिए कपाल
मुलुकमाथि विश्वास छैन,भन्न पनि गाह्रो
भोट माग्न गए भारत पुष्पकमल दाहाल ।।
०
गाई-भैसीको हिले गोठमा सोत्तर हाल्नुपर्ला
जीउको गन्ध फाल्नलाई अत्तर लाउनुपर्ला
के को चुनाव ?जागिर थाम्न गाँउ पस्छन् नेता
हिसाब-किताब देखाएर उत्तर माग्नुपर्ला ।।
बिरालाको जातै उस्तो धानमा बिस्टा पुर्छ
काम नपाको कृष्ण वस्ती पाडो कन्याइ गर्दो
कता जिली कता गाँठी उसै मुक्तक फुर्छ ।।
०
मकै चोर्ने मौका छोप्न वाँदर बस्छ आहाल
चिलाएको नाइटो थियो कन्याइदिए कपाल
मुलुकमाथि विश्वास छैन,भन्न पनि गाह्रो
भोट माग्न गए भारत पुष्पकमल दाहाल ।।
०
गाई-भैसीको हिले गोठमा सोत्तर हाल्नुपर्ला
जीउको गन्ध फाल्नलाई अत्तर लाउनुपर्ला
के को चुनाव ?जागिर थाम्न गाँउ पस्छन् नेता
हिसाब-किताब देखाएर उत्तर माग्नुपर्ला ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼