साढे सातको दशा छ कि खाली घुच्चुक फुर्छ
बूढेसकालमा यो मनभित्र खाली चकचक फुर्छ ।
खौरिएर कहाँ फाल्नु दाह्रीजस्तो चित्त ?
नेपालको हालत देख्दा खाली मुक्तक फुर्छ ।।
२
अचार चटाउने अपराधीलाई खल्तीको हनुमान् बनाएर पाल्छौ
विचार बढाउने साथीलाई चल्तीको भुक्तमान् चटाएर फाल्छौ ।
सिद्धान्तको तार बोकेर लोडसेडिङको व्यापार गर्ने खम्बा हो !
परिवर्तनको नाममा कहिलेसम्म झूठका दीप सजाएर बाल्छौ ?
३
आन्दोलनलाई ज्योति दिने भक्तिप्रसाद पौडेल
सिहदरबार पस्ने चाहिं माधवप्रसाद पौडेल ।
माहुरीले मह पार्यो,मल्साँप्राले खायो
छक्क परी कृष्ण वस्ती कन्याउँदो छ कपाल ।।
४
फुकाल्न त सक्छु लुगा,सक्दिन म लाउँन
देश हाँक्न नसके नि सक्छु दिल्ली धाउँन
उतै मिल्छन् देवी-देउता,उतै चल्छन् कक्षा
मलाई मेरै तीर्थ प्यारो, न्यानो कुर्सी पाउन ।।
५
कमिलाको टाउकोलाई डोको जत्रो टोपी
चारबित्ते नेतालाई हिमालजस्तो खोपी
बाँकी सबै तिमीलाई,नारी तेत्तीस किन ?
आधा आकाश उसलाई पनि पचास दिने को कि?
६
राजा खान्थे देशको पैसा चानचुन मिलाएर,
पञ्च पनि बजेट खान्थे तानतुन सिलाएर ।
कायर थिए शाही-पञ्च,बहादुरलाई हेर
आजभोलि देशै खान्छन् बिस्कुन सुकाएर ।।
७
बासमतीमा बास्ना छैन,खोर्सानीमा पिरो
विष पनि नक्कली छ,कहाँ मर्छ कीरो ?
पार्नसक्छ कुखुराले प्लास्टिकको अन्डा
कस्लाई मान्नु जिरो मैले, कस्लाई मान्नु हीरो ?
८
जिन्दगीको दोछायाँमा चौबन्दीले छेक्यो
बोल्दा पोल्ने समाजको हदबन्दीले छेक्यो
मानिसले चाहेजस्तो कहाँ हुँदो रैछ ?
सबै कुरा विधानको दरबन्दीले छेक्यो ।।
९
चोर औंलो टोक्नुजस्तो ढाँट्नुसम्म ढाट्यौ
नमच्चिने पिङको डोरी बाट्नुसम्म बाट्यौ
लाज यौटा त्यागेपछि जे गरे'नि हुन्छ
नेताजी हो ! देशको नाक, काट्नुसम्म काट्यौ ।।

No comments:
Post a Comment
Please leave your Comments here...▼