घाँटीको हाड
गणतन्त्र दिवस
ढुङ्गाको भात ।।
राष्ट्रिय धन
नेतालाई ओछ्यान
फुपूको श्राद्ध ।।
साडीको बुट्टा
संविधानको चोलो
नगर वधू ।।
सिलौटो मुनि
नेपालका जनता
सुकेको जिरा ।।
बेठीको बाजा
जमिन्दारको खेती
दलको हली ।।
निष्ठाको काम
रातभर करायो
निराशा ज्याला ।।
लुटेर खाऊ
लोकतन्त्र आ'कोछ
शकुनि राज ।।
वर्गीय मुक्ति
गाईको मलद्वार
ब्वाँसोको प्रेम ।।
कोरली माया
साँडेको निषेचन
राजनीतिमा ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼