Thursday, December 16, 2010

गीति-कविता

आकाशले धरतीलाई नछोएकै जाती ।
रोई-रोई पिरतीलाई नधोएकै जाती ।।

नराखे'नि हुन्छ मलाई मनमा सजाएर ।
गाइदिए पुग्छ मलाई गीत बनाएर ।।
कहिलेकहीं सम्झनामा नाता हुनु कस्तो ।
घामपानीमा नुहाएको इन्द्रधनुजस्तो ।।

आकाशले-------

फूल बनाई शिरमाथि नलाए'नि हुन्छ ।
सम्झनामा सुगन्धको नाम दिए पुग्छ ।
कहिलेकहीं सपनामा आई डुल्नु कस्तो ।
पातमाथि मुस्कुराउँदो फूल फुल्नुजस्तो ।।

आकाशले----‍

No comments:

Post a Comment

Please leave your Comments here...▼