Thursday, December 16, 2010

गीति-कविता

सम्झनामा अल्झिएको मनको चाल कस्तो ?
कुइनेटोमा ठोक्किएर घुम्ने छाल जस्तो ।।

नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो ।
वैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो ।।
तन उस्कै जिम्मा छोडी मन भगाइदिऊँ कि ।
नलेखेरै गीतलाई धुन सजाइदिऊँ कि ?

सम्झनामा----------------------------------

अँधेरीमा जून्कीरीको ज्योति जग्मगाउँदा ।
पँधेरीमा पानी भर्ने मोती मग्मगाउँदा ।।
हृदयको घुम्टोभित्र शर्माउँदो याद ।
नपिएरै लाग्यो मलाई लर्खराउँदो मात ।।

सम्झनामा-------------------------------


छातीमाथि फुलोस् जस्तो निर्मोहीको हाँसो ।
जुनी-जुनी नछुटोस् झैं मोहिनीको पासो ।।
जति कुँद्यो उति राम्रो पत्थरको मूर्ति ।
अचम्मकै हुँदोरैछ पिरतीको धर्ती ।।

सम्झनामा---------------------------------

No comments:

Post a Comment

Please leave your Comments here...▼