Tuesday, April 6, 2010

हिर्दयको पँधेरीमा- कविता

हिर्दयको पँधेरीमा पानी भर्दाभर्दै ।
परेलीमा लुक्नखोज्ने नानी चोर्दाचोर्दै ।।
गीत मैले तिमीलाई छोएँ एकैपल्ट ।
सम्झनामा आफैंलाई धोएँ धेरैपल्ट ।।

फूलजस्तो रुप तिम्रो बास्ना मग्मगाउँदो ।
रात चिरी जून्कीरीको ज्योति जग्मगाउँदो ।।
हत्केलाले घाम छेकी हेरिराखें पैले ।
गीत तिम्रो सिउँदोमा नाम लेखें मैले ।।

बाँसुरीको धुन तिम्रै लागि गुन्गुनाउँछ ।
कल्पिकल्पी यो मन मेरो उसै रुन्झुनाउँछ ।।
गीत मैले तिमीलाई दोबाटोमा छेकी ।
राखिदिएँ तिम्रो हातमा तिम्रै गीत लेखी ।।

No comments:

Post a Comment

Please leave your Comments here...▼