Saturday, October 9, 2010

वीरबलको खिचडी- मुक्तक

लोकतन्त्र भनेको कानमा सिउरिने जमरा होइन,
राज्य भनेको तिमीले खाएर चुठ्ने कोपरा होइन ।
खोलो तरेपछि लौरो बिर्सने नेता हो !याद गर,
जनता भनेको जुठेल्नोमा फालिने टपरा होइन ।।- १

वीरबलको खिचडी नपाक्ने नै ठहर भो,
नेपाली जनताको सपना फगत एक रहर भो ।
राजतन्त्रको सिंगान पुछेर नाक त जोगाइयो ,
गणतन्त्रको ढाकर पनि जनतालाई कहर भो ।।- २

बारीका मूला हुन् भने लात्तीले सिन्की खाँदे हुन्छ ,
नेपाली जनता भेडा हुन् भने तिम्रै टाट्नोमा बाँधे हुन्छ ।
शासन-सत्तालाई उल्फाकै धन बनायौ नेताजी !
यस्तै हो भने राज्यकोषबाट तिम्री फुपूको सराद्धे हुन्छ ।।- ३

No comments:

Post a Comment

Please leave your Comments here...▼