Thursday, October 7, 2010

तमसुक नलेखेकै राम्रो- मुक्तक

बातबातमा जनमतको रामनामी मन्त्र छ
बलियाले निर्धालाई सिन्की बनाउँन स्वतन्त्र छ ।
विधिभन्दा धेरै माथिका नेताको शासनसत्ता छ,
गणतन्त्र नेपालमा जङ्गबहादुरको लोकतन्त्र छ ।।- १


गरीबलाई दिन्छु र ....लाई लान्छु नभनेकै राम्रो ,
झर्ला र खाउँलाको आशे दिन पनि नगनेकै राम्रो ।
चिलाएको मुखले प्याच्चै बोलूँजस्तो लाग्दै छ मलाई,
संविधानको नाममा देश च्यात्ने तमसुक नलेखेकै राम्रो ।।- २

No comments:

Post a Comment

Please leave your Comments here...▼