लेख्दालेख्दैको मुक्तक फुत्किएर भाग्यो,
आँगनमा पुगेपछि एकपटक उफ्रिएर जाग्यो।
ऊ पनि स्वतन्त्र नेपालको भावना हो अरे,
तसर्थ मुक्तक जातिको लागि छुट्टै गणराज्य माग्यो ।।- १
मुक्तिको घाँस देखाएर, देउताले पछि लगाए,
सुखशान्तिको नाममा, राजाले कर उठाए ।
"सर्वहाराको लागि लड्दैछु" भन्ने कामरेडले पनि,
नढाँटी भन्नुपर्दा आफ्नो लागि जनता लडाए ।।- २
मानिसको अन्तर्राट्रिय जाति हुनेछ भन्दै मुठ्ठी उठाएँ,
पुर्ख्यौली अंशमा पाएका टुप्पी र जनै कटाएँ ।
अब मार्क्सवादको नारामा मनुस्मृतिको पारा झिक्दैछु,
त्यसैले टुप्पी र जनैलाई जातिवादमा फर्किंन खबर पठाएँ ।।- ३
मेरो खसम प्राणजस्तै प्यारो छ,
तर जन्मभूमि प्राणभन्दा प्यारो छ ।
सिन्दूर पखालिएको आहालमा फुल्न सकिन्छ,
तर नेपालविनाको नेपाली भएर बाँच्न गाह्रो छ ।।- ४
कपालभाती जान्नु छ भने, हरिद्वारमा रामदेव छन्,
खुराफाती बन्नु छ भने, बल्खु दरबारमा वामदेव छन्।
भन्न त नारी भनेको आमा हो, सबैले भन्छन् सान्नानी !
तैपनि तिम्रो बैंसमा आँखा गाड्ने, चारैतिर कामदेव छन् ।।- ५

No comments:
Post a Comment
Please leave your Comments here...▼