तिहारको मादलले पुकार्छ ।
।
पाकेर राताम्पुर बोटमाथि ।
वसन्तको काफलले पुकार्छ ।।
उठी सखारै धरती नुहाई ।
लाली चढेको नभमा सुहाई ।।
"फर्केर आऊ परदेशबाट ।"
हिमालको आँचलले पुकार्छ ।।
उसै-उसै यो घर शून्य लाग्छ
सँगै भए यो घर धन्य लाग्छ
भन्दी प्रियाको नयनानुरागी
अजम्बरी गाजलले पुकार्छ ।।
गजलः-
अङ्ग-भङ्ग हुन गो गरिखाने
छैन चाहत उसै मरिजाने ।
भन्दथे जिजु सधैँ तर साने !
सत्यमेव जयते परिणामे ।।
मारकाट बल-बन्दुक छाने
क्रान्तिका गफ दिए जजमाने ।
खोसिए अब सबै नख-प्वाँख
सत्यमेव जयते परिणामे ।।
युद्ध-नायक थियो बलशाली
गर्जियो अभय-स्याल सिंगाने ।
फर्कियो समयको अब लाठी
सत्यमेव जयते परिणामे ।।
सास फेर्छ तर आश मरेको
आँसुमा बह बगाउँछ रामे ।
युद्धमा सब लुटे तर हेर
सत्यमेव जयते परिणामे ।।
जे थिए सब लगे धनमाल
झोपडी घर थियो बम हाने ।
खोल्छ रे नियतिले अब भेद
सत्यमेव जयते परिणामे ।।
युद्धको हरहिसाब कहाँ छ ?
घाउ पुर्नु कसरी न जाने ?
आश भन्दछ सधैँ बन धीर
सत्यमेव जयते परिणामे ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼