ठूला नदी छिमेकीलाई,माफियालाई खोला
जस्ले जति भर्नसक्यो भरे उति झोला
धुलोदेखि ठूलोसम्म कहाँ छैन जालो ?
सातो गयो नेपालको भन्देऊ, "कोला-कोला" !!
२
लोकतन्त्र रोपेकोथ्यो,पलाएछ उनिउँ
माफियाको हातमा पर्यो देशको डाडु-पुनिउँ
विद्या पनि बन्यो अब व्यापारको धन्धा
चारैतिर जलकोछ सदाचारको कुनिउँ ।।
३
टर्टराउने भ्यागुतालाई दशैं लाग्छ हिलो
जहाँ-जहाँ गिलो भेट्छ,त्यही आउँछ पिलो ।
हरामलाई मस्ती दिने,जनतालाई सास्ती
बज्नुभन्दा फुट्नु राम्रो लूटतन्त्रको टिलो ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼