भैंसी थाके मोमो बन्छ,बाख्री थाके मासु
खेर जान्छन् यो देशमा सपना र आँसु ।
काख छोडी विदेसिन्छ सन्तानको ताँती
यो मनलाई सम्झाएर म कसरी हासूँ ?
२
आज अलिकति मात्न मन लागेको छ
त्यही मौकामा माया साट्न मन लागेको छ
बोल्नकै लागि त मान्छेहरु मात्छन् प्रिये !
आज थोरै पिएर धरै बाँच्न मन लागेको छ ।।
३
धर्मको नाममा पाखण्डीको माटो मन परेन
राजनीतिको नाममा चाकडीको बाटो मन परेन
म चाहन्छु आफ्नै पोखरीको माछो भएर बाँच्न
त्यसैले त आदर्शको नाममा सापटीको नातो मन परेन ।।
४
बासमतीमा बास्ना छैन,खोर्सानीमा पिरो
विष पनि नक्कली छ,कहाँ मर्छ कीरो ?
पार्नसक्छ कुखुराले प्लास्टिकको अन्डा
कस्लाई मान्नु जिरो मैले, कस्लाई मान्नु हीरो ?
५
जिन्दगी यो फाट्दाफाट्दै, काँढा खुटी सिएकोछु
रस तिमीलाई दिएपछि, विष लिई पिएकोछु ।
फूल मैले फुलाएथें,गला तिम्रो सिंगारयो
नीलकण्ठ बन्दाबन्दै,महालण्ठ जिएकोछु ।।
६
पहाडमा पहिरो चल्यो,मधेशमा बाढी
माटो जति गयो पारि,ढुङ्गे बगर छाडी ।
जता हेर्यो उतै लाग्छ,मसानको राज छ
सपनामा बाँचेको छ,धुक्धुकी र नाडी ।।
७
चारैतिर घामको चहकदार उज्यालो छ
जहाँ रात छ,त्हाँ पनि सुकुमार दियालो छ ।
जाँगर हुने अन्धाले पनि बाटो पहिल्याउँछ
तर शासकलाई भने सधैँ शानदार बसिबियाँलो छ ।।
८
मन्दिरलाई अलिकति दिएँ मैले धन
पसिनाको देउतालाई सुम्पें मैले तन
हरिश्चन्द्र बनेको छु,रह्यो बाँकी के र ?
जसै तिम्लाई भएभरको दिएँ मैले मन ।।
९
हिउँचुलीमा आजभोलि ज्वरो बढेको छ
जन्मभूमि तिम्रो शानको तारो झरेको छ
मुटुमाथि घात हुँदा,हुन्न मीठो बात
त्यसैले त मेरो शिरको पारो चढेको छ ।।
१०
गाँउ पस्छन्, शहरबाट चुला-चौका-चम्का
नेताजीको भोलिबाट शुरु हुन्छ ठुम्का
झोपडीको आँगनमा जनमतको खोजी
चुनावको बजारमा खसेको छ झुम्का ।।
११
माटो खाई हुर्किएर काँढामाथि फुल्छु
बाटो स्वयं खोस्रिएर डाँडामाथि डुल्छु
सुम्पनेलाई गुमाउनुको कहाँ हुन्छ डर ?
पसिना हूँ पौरखीको भाँडामाथि खुल्छु ।।
१२
अबसरलाई तिमीले पाकेको झप्री केरा बनाएकाछौ
लोभी-पापी र मुलुकमाराको घेरा बनाएकाछौ
धुरीमा कुर्लियो भन्दैमा ढुकुर आफ्नो हुन्न हजुर
यो मुलुकलाई घर होइन,तिमीले डेरा बनाएकाछौ ।।
१३
एकथरी नेपाली घाम उदाउने ठाउँमा छन्
अर्कोथरी नेपाली घाम अस्ताउने ठाउँमा छन्
यी दुबैको बीचमा नेताको तेस्रो धार पनि देखियो
जो हमेसा मुलुकको नाम डुबाउने ठाउँमा छन् ।।
खेर जान्छन् यो देशमा सपना र आँसु ।
काख छोडी विदेसिन्छ सन्तानको ताँती
यो मनलाई सम्झाएर म कसरी हासूँ ?
२
आज अलिकति मात्न मन लागेको छ
त्यही मौकामा माया साट्न मन लागेको छ
बोल्नकै लागि त मान्छेहरु मात्छन् प्रिये !
आज थोरै पिएर धरै बाँच्न मन लागेको छ ।।
३
धर्मको नाममा पाखण्डीको माटो मन परेन
राजनीतिको नाममा चाकडीको बाटो मन परेन
म चाहन्छु आफ्नै पोखरीको माछो भएर बाँच्न
त्यसैले त आदर्शको नाममा सापटीको नातो मन परेन ।।
४
बासमतीमा बास्ना छैन,खोर्सानीमा पिरो
विष पनि नक्कली छ,कहाँ मर्छ कीरो ?
पार्नसक्छ कुखुराले प्लास्टिकको अन्डा
कस्लाई मान्नु जिरो मैले, कस्लाई मान्नु हीरो ?
५
जिन्दगी यो फाट्दाफाट्दै, काँढा खुटी सिएकोछु
रस तिमीलाई दिएपछि, विष लिई पिएकोछु ।
फूल मैले फुलाएथें,गला तिम्रो सिंगारयो
नीलकण्ठ बन्दाबन्दै,महालण्ठ जिएकोछु ।।
६
पहाडमा पहिरो चल्यो,मधेशमा बाढी
माटो जति गयो पारि,ढुङ्गे बगर छाडी ।
जता हेर्यो उतै लाग्छ,मसानको राज छ
सपनामा बाँचेको छ,धुक्धुकी र नाडी ।।
७
चारैतिर घामको चहकदार उज्यालो छ
जहाँ रात छ,त्हाँ पनि सुकुमार दियालो छ ।
जाँगर हुने अन्धाले पनि बाटो पहिल्याउँछ
तर शासकलाई भने सधैँ शानदार बसिबियाँलो छ ।।
८
मन्दिरलाई अलिकति दिएँ मैले धन
पसिनाको देउतालाई सुम्पें मैले तन
हरिश्चन्द्र बनेको छु,रह्यो बाँकी के र ?
जसै तिम्लाई भएभरको दिएँ मैले मन ।।
९
हिउँचुलीमा आजभोलि ज्वरो बढेको छ
जन्मभूमि तिम्रो शानको तारो झरेको छ
मुटुमाथि घात हुँदा,हुन्न मीठो बात
त्यसैले त मेरो शिरको पारो चढेको छ ।।
१०
गाँउ पस्छन्, शहरबाट चुला-चौका-चम्का
नेताजीको भोलिबाट शुरु हुन्छ ठुम्का
झोपडीको आँगनमा जनमतको खोजी
चुनावको बजारमा खसेको छ झुम्का ।।
११
माटो खाई हुर्किएर काँढामाथि फुल्छु
बाटो स्वयं खोस्रिएर डाँडामाथि डुल्छु
सुम्पनेलाई गुमाउनुको कहाँ हुन्छ डर ?
पसिना हूँ पौरखीको भाँडामाथि खुल्छु ।।
१२
अबसरलाई तिमीले पाकेको झप्री केरा बनाएकाछौ
लोभी-पापी र मुलुकमाराको घेरा बनाएकाछौ
धुरीमा कुर्लियो भन्दैमा ढुकुर आफ्नो हुन्न हजुर
यो मुलुकलाई घर होइन,तिमीले डेरा बनाएकाछौ ।।
१३
एकथरी नेपाली घाम उदाउने ठाउँमा छन्
अर्कोथरी नेपाली घाम अस्ताउने ठाउँमा छन्
यी दुबैको बीचमा नेताको तेस्रो धार पनि देखियो
जो हमेसा मुलुकको नाम डुबाउने ठाउँमा छन् ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼