मुहार खुल्दा मोतीझैं तिम्रो, टल्कियो जवानी ।
पाल्पाली ढाका-टोपीझैं मेरो, ढल्कियो जवानी ।।
१
आँगननिर आरुको फूल, प्यारीको इशारा ।
रसमा मानों माहुरीजस्तो, पल्कियो जवानी ।।
२
खरको छानो,झुपडी सानो, बैंसको हुरीमा ।
हृदयभित्र झिल्कोले छोयो, सल्कियो जवानी ।।
३
अँजुलीबाट वसन्त छरिन्, परेली खिपेर ।
मनमा खुले पालुवा लाख, हल्कियो जवानी ।।
४
पधेँरीबाट बोकेर पानी, फर्किइन् सुस्तरी ।
अल्झियो आँखा गगरीबाट, छल्कियो जवानी ।।
५
No comments:
Post a Comment
Please leave your Comments here...▼