घामपानीमा इन्द्रधनु धुनेगर्छ यो मन ।
पूर्णिमाकी जूनलाई छुनेगर्छ यो मन ।।
गामबेंसीका भीरपाखा जङ्गलमा घुम्ने,
एकलासको न्याउली बनी रुनेगर्छ यो मन ।।
पारिवनमा चढेपछि गुराँसमा लाली ।
वारिवनको सुनाखरी हुनेगर्छ यो मन ।।
निर्झरमा सफा-चिसो जहाँ हुन्छ पानी ।
स्वभाव हो तिर्खालुको धाउनेगर्छ यो मन ।।
असारको खेत राम्रो, उसै राम्री उनी ।
धर्तीमाथि बादल भै छाउनेगर्छ यो मन ।।
पूर्णिमाकी जूनलाई छुनेगर्छ यो मन ।।
गामबेंसीका भीरपाखा जङ्गलमा घुम्ने,
एकलासको न्याउली बनी रुनेगर्छ यो मन ।।
पारिवनमा चढेपछि गुराँसमा लाली ।
वारिवनको सुनाखरी हुनेगर्छ यो मन ।।
निर्झरमा सफा-चिसो जहाँ हुन्छ पानी ।
स्वभाव हो तिर्खालुको धाउनेगर्छ यो मन ।।
असारको खेत राम्रो, उसै राम्री उनी ।
धर्तीमाथि बादल भै छाउनेगर्छ यो मन ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼