अघिल्लो शैक्षिक सत्रको आधासमय बितिसकेको अवस्थामा धरान
पढन आएको मात्र १३ वर्षको किशोर म।पहिले नै छात्राबासमा
राखिदिएको भए कुरो अर्कै हुनेथियो सायद।लोकनाथ गुरु राधा
दिदीका साथमा बसें।परीक्षामा राम्रो अङ्क ल्याएर उत्तीर्ण भएँ।
दोस्रो बर्ष नाताले फुपू पर्ने विष्णु दिदीको घरमा डेरा सरें।मेरा बा
आमाले साह्रै माया गरेकी र मेरा बाआमालाई अति आदर गर्ने विष्णु
दिदीको साथ मेरा लागि आमाको काखसमान हुन गयो।भिनाजु गीता
भवन धरानमा अहिले पनि पुजारी हुनुहुन्छ।घर जनपथमा थियो।
दिदी ,दिदीका छोराछोरी र म नियमित मन्दिर जाने र बिहान-बेलुका
उतै खाएर घरमा आउँथ्यौ।दिले यति धेरै माया दिनुभयो कि त्यो वर्षदेखि
घरको सम्झनाले एकान्तमा म रुन छोडिसकेको थिएँ।
त्यो बर्ष धरानमा मानिसहरू वैष्णव हुने लहर नै चल्यो।दिदी र भाइबैनी
सबै दीक्षीत भएर डामिए तर मैले कुनै रुचि देखाइँन।एकदिन बिहानै विष्णु
दिदी मसँग अचम्मले खनिनुभयो।उहाँको छिमेकमा प्रमिला दिदीको घर
थियो।प्रमिला दिदी भनेको आनन्द थापाकी श्रीमती र शहीद यज्ञबहादुर
थापाकी बुहारी हो।अघिल्लो दिन प्रमिला दिदीको घरमा गएर मासु खाएको
आरोप लगाएरे बम्किनुभयो।निश्चय नै प्रमिला दिदी मलाई धेरै माया
गर्नुहुन्थ्यो।उहाँका नातेदारको गुरु पुरोहित खालको छोरो,मिठोमसिनो खाने
परिवारको ठिटो हुनाले बेलाबखत पानी लिन गएको मौकामा बोलाएर
खानदिनुहुन्थ्यो।तर महिनौं दिनदेखि उहाँको घरमा पानीपनि खाएको थिइँन।
मेरा घरमा मासु खाने चलन हुँदा आफूले खाने गरेपनि प्रमिला दिदीको गरमा
त्योपनि अघिल्लो दिन पानी लिन अवश्य गएको तर पानीपनि त्यहाँ नपिएको
अनुनय-विनय गरें।विद्या कसम,तामोतुलसी र आमाकसम खाएर आफूलाई
निर्दोष सावित गर्न हजार कोसिस गरें तर दिदी पग्लनुभएन।र अन्त्यमा आफ्नो
भात-भान्सामा जान नपाउँने,घरमा एक्लै पकाएर खान आदेश दिनुभयो।
दिदीले यसो गर्नुका अनेक कारण हुनसक्छन्।पर्याप्त खर्चबर्चको अभावमा
दिदीलाई परको बोझमुक्त हुने प्रयास हुनसक्छ र सोझै नभनी यो प्रकारान्तर
प्रयास हुनसक्छ।वैष्णव नभएको कारणले जनाएको प्रतिक्रिया हुनसक्छ।वा
साँच्चै दिदीलाई प्रमिला दिदीको घरमा गएर मासु खायो भन्ने लागेको हुनसक्छ।
मैले कहिल्यै सत्य कारण खोज्ने प्रयास गरिंन र दिदीसँगको सम्बन्ध पनि खराब
गरिंन।हालसम्म पनि राम्रो छ।उहाँले पनि त्यसपछि राम्रै गरिरहनुभयो तर त्यो क्षण
मेरा लागि विद्रोहको साइत बन्यो।
दिदीको निकैबेरको किचकिचले भएको मभित्र अनायास ज्वालामुखी विस्फोट भयो।
र मैले भने"करेसो जोडिएको प्रमिला दिदीको घरमा गएर मैले के खाएँ वा खाइँन भन्ने
सम्म नजान्ने तिमीहरूको ज्ञान र नदेख्ने आँखाले आजसम्म कसैले नठम्याएको
स्वर्ग र ईश्वरलाई जानेको र देखेकोजस्तो गर्नु केवल ढोंगमात्र हो।मलाई यस्ता
ढोंगीको भान्सामा खाने कुनै रहर छैन।"
यति भनेर दिदीका अरु कुरा नसुनी चन्द्रसंस्कृतको छात्राबासमा गएँ।आफ्नो
चामल र केही रकम तिरेर मेसमा खाने व्यवस्था साथीहरूले मिलाए र मैले
तुरुन्तै भातभान्सा मेसमा सारें।ममाथि लागेको आरोपले एकैछिनमा धर्मकर्म
र त्यसका आचरणसँग घृणा नै जागेर आयो।र शान्त हुने उपाय स्वरूप बजारतिर
लागें।रिसको पारो चढेर के गर्ने र कसरी बदला लिनेको स्थिति बोकेर 'धरान होटल'भित्र
पसें। होटलमा पुगेर कामदारलाई एकप्लेट भात ल्याउन भने।मासु वा अण्डाको विकल्पमा
अण्डा छनौट गरें।साथमा भएको पैसाले त्यही पुग्ने थियो।म बाहुनको छोराले होटलमा भात
र अण्डा दुवै पहिलोपटक खाएर मनभित्र बलेको बदलाको आगो निभाउनु थियो।
मजस्तो बाहुन र उसमाथि पण्डित परिवारको छोराले होटलमा भात खानु र उसमाथि
अण्डा-भोजन सामान्य कुरा थिएन।एकतमासको भय-आशङ्काले थिचिएको थिएँ भने
त्यसद्वारा शान्त हुन आतुर पनि थिएँ।
मैले जसलाई भातको अर्डर दिएँ त्यो कामदारले अण्डाको पोच बनाउने कि अम्लेट ? भनेर
सोध्यो।मलाई भने पर्यो फसाद।बाहुने च्याउ खाओस् न,च्याउको बात जानोस् भनेझैं
कहिल्यै अण्डा खाएको भए न जान्नु।बच्ने जुक्तिस्वरूप जे भएनि हुन्छ तर चाँडै ल्याऊ भनें।
भात खाएर कथित जातलाई तिलाञ्जली दिएपछि मिलेको शान्तिको अनुभव अहिलेसम्म
मभित्र जीवित छ, ।त्यसपछि म कथित धर्मको पिंजडामा कहिल्यै फर्किइँन।घरबाट खासै
खर्च नआउने हुँदा नाग-कुश-जनै,सराद्धे,भागवत,न्वारानलाई निर्वाहको साधनको रूपमा
प्रयोग गरियो तर विश्वास भने भयो र कहिल्यै पलाएन बरू म नास्तिकमा दर्ता भएँ।
त्यसअघि मलाई शास्त्रले भनेअनुसारको स्वर्ग र देउताको रूप-कार्य हुन्छ भन्ने
विश्वास थियो भने त्यसपछि पौराणिक कथाहरू पढ्दा अनेक शङ्का उठ्न थाले।
उदाहरणका लागि:-पार्वतीले मयलबाट गणेश बनाइन् अरे त्यो पनि पछि शिवबाट
टाउको काटिएर हातीको जोडेको टाउको थाम्ने गणेश।पक्कै पनि सानो आकारको
गणेश नहोला।यदि त्यसको हो भने त्यति धेरै मयल बोक्ने पार्वतीको शरीर कत्रो
थियो होला?वा त्यति मयल जम्मा गर्न पार्वतीले कति वर्ष नुहाइनन् होला?
हातीको टाउको थाम्ने गणेश सानो पक्कै थिएनन्।त्यसो हो भने उनको बाहन
त मूसो हो ।यसको अर्थ कि गणेश मूसोभन्दा सानो हुनुपर्छ कि मूसो हातीभन्दा
ठूलो हुनुपर्छ।आदिआदि।
यो घटनापछि म आजसम्म कहिल्यै पछि फर्किइँन।निश्चय नै त्यो घडीमा मन
भाँचियो तर अन्धविश्वाससँग विद्रोह गर्ने त्यो छलाङले मेरो सोच र जीवनचर्यालाई
नै बदलिदियो।त्यसकारण मेरो मन विष्णु दिदीको सधैं ऋणी रहनेछ।

No comments:
Post a Comment
Please leave your Comments here...▼