सन्सारको 'स्वर्ग' तिमी, पाऊँपाऊँ जस्ती ।
हिर्दयको 'तीर्थ' सधैँ, धाऊँधाऊँ जस्ती ।।
गाईबस्तु हेर्न जाँदा, मौका मिलाएर ।
वैशाखको 'काफल' टिपी, खाऊँखाऊँ जस्ती ।।
एकान्तमा गुन्गुनाउँदै, कोल्टो परी बग्ने ।
'निर्झर'मा नुहाउँन, जाऊँजाऊँ जस्ती ।।
तारे-माले जोतेपछि ,फुर्सदको बेला ।
असारको 'गीत' रची, गाऊँगाऊँ जस्ती ।।
घामपानीमा ओत लाग्ने, सहारा र शोभा ।
सानो-सानो मेरो 'घर', छाऊँछाऊँ जस्ती ।।
आँगनमा फक्रिएकी, शयपत्री-फूल ।
छातीभरि 'माला' उनी, लाऊँलाऊँ जस्ती ।।
काँधैमाथि बोकिरहूँ, धानको बाला जस्ती ।
पिरतीको 'दाईं' तिमी, दाऊँदाऊँ जस्ती ।।
गाउँबस्ती उल्टिएर, पञ्चैबाजा ठोकी ।
बेठी लाउने 'धर्ती' मेरी, साऊँसाऊँ जस्ती ।।
हिर्दयको 'तीर्थ' सधैँ, धाऊँधाऊँ जस्ती ।।
गाईबस्तु हेर्न जाँदा, मौका मिलाएर ।
वैशाखको 'काफल' टिपी, खाऊँखाऊँ जस्ती ।।
एकान्तमा गुन्गुनाउँदै, कोल्टो परी बग्ने ।
'निर्झर'मा नुहाउँन, जाऊँजाऊँ जस्ती ।।
तारे-माले जोतेपछि ,फुर्सदको बेला ।
असारको 'गीत' रची, गाऊँगाऊँ जस्ती ।।
घामपानीमा ओत लाग्ने, सहारा र शोभा ।
सानो-सानो मेरो 'घर', छाऊँछाऊँ जस्ती ।।
आँगनमा फक्रिएकी, शयपत्री-फूल ।
छातीभरि 'माला' उनी, लाऊँलाऊँ जस्ती ।।
काँधैमाथि बोकिरहूँ, धानको बाला जस्ती ।
पिरतीको 'दाईं' तिमी, दाऊँदाऊँ जस्ती ।।
गाउँबस्ती उल्टिएर, पञ्चैबाजा ठोकी ।
बेठी लाउने 'धर्ती' मेरी, साऊँसाऊँ जस्ती ।।
No comments:
Post a Comment
Please leave your Comments here...▼