मेरो देश बाँच्ने गर्छ, सँधै अप्रिल-फुलमा
ढुक्कसँग तिर्खा मेट्छ,सपनाको मूलमा
स्वास्थानीको व्रत बस्छन् आमा-दिदी-बैनी
भाग्यमानी जन्म लिन्छन् खिलराजको कुलमा ।।
००००००००००००००००००००००००००००००००००
हाम्रा वामहरुको सिद्धान्तलाई जोडियो व्यवहारमा
गणतन्त्रको गुराँस फुल्यो बेरिजगारको मुहारमा
म आफ्नै रगतको कसम खाएर भन्छु मित्र हो !
फगत यो कुरा लेखिन्छ 'अप्रिलफुलको' समाचारमा ।।

No comments:
Post a Comment
Please leave your Comments here...▼